गढीमाईको पाँचवर्षे मेलामा दर्शनार्थीको घुइँचो, आज पशुबलि दिइने

Sharing is caring!

विश्वमै सबभन्दा धेरै पशुबलि दिइने मेलाको रुपमा परिचित बारा जिल्लाको गढीमाईमा भक्तजनहरुको घुइँचो लागेको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा पाँच वर्षमा लाग्ने मेलामा नेपाल र भारतका विभिन्न स्थानका भक्तजनको घुइँचो लागेको हो ।

गढीमाई मेलामा आज (मंगलबार) देखि बलि चढाउन शुरु भएको छ । बिहानको पूजा सकिएपछि बलि पूजा शुरु भएको पुजारीहरुले बताएका छन् ।

गढीमाईको मेलामा बलि चढाउन हजारौं बोका, राँगा र परेवा मेलास्थलमा ल्याइएको छ । प्रत्येक ५ ५ वर्षमा लाग्ने यो मेलामा नेपालमात्रै नभइ भारतबाट पनि बलि दिन आउने गर्दछन् ।

बाराको महागढीमाई १ स्थित बरियारपुरमा लाग्ने मेलामा लाखौ भक्तजनको भीड लागेको छ । मेला मंसिर भर चल्नेछ ।

Sharing is caring!

LEAVE A REPLY