यिनै हुन ६० बर्षदेखिको कम्युनिष्ट किल्ला भत्काउने तिलक राई

जस्ले दिलाए कांग्रेसलाई एक स्वर्ण

Sharing is caring!

धरानमा ६० बर्षदेखिको कम्युनिष्ट किल्ला तोडिएको छ । ०१७ सालदेखि कम्युनिष्टहरुकै एकछत्र राज तोड्दै रहँदै आएको कम्युनिष्ट किल्ला भत्काएका हुन् तिलक राईले । धरान उपमहानगरको मेयर पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेका तिलक राई विजयी भएका छन् । उनले नेकपाबाट उम्मेद्धार बनेका प्रकाश राईलाई फराकिलो मतान्तरले पराजय गर्दै मेयरमा विजयी भएका हुन् । धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यसपटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै इतिहास कायम गरेका छन् । अघिल्लो पटक भएको स्थानीय चुनावमा पनि नेकपा एमालेकै तारा सुब्बा विजयी भएका थिए । यस अघि उनले उनै तिलक राईलाई पराजय चखाउँदै बिजयी भएका थिए । तर यस पटक उनै राईले नेकपा उम्मेद्धार प्रकाश राईलाई पराजित गर्दै विजयी भएका छन् ।चुनाव हारेपछि नेकपाभित्र उम्मेदवार पनि ठीक नपरेको गुनासो सुनिन थालेको छ। यस पटकको मतदानमा अघिल्लो पटक भन्दा झण्डै ८ हजार मत गुमेको देखिन्छ ।
०७४ को निर्वाचनमा धरान उपमहानगरपालिकामा जम्मा मतदाता ७९ हजार २ सय ९० थिए।उपनिर्वाचनमा विजयी उम्मेदवार तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय ९४ मत ल्याए। ०७४ को तुलनामा नेकपाको मत ८ हजारले घटेको देखिन्छ। अर्कोतर्फ कांग्रेस उम्मेदवारले अघिल्लो पटकभन्दा १० हजार ६ सय ७ मत बढाएका छन्।

Sharing is caring!

LEAVE A REPLY