७० वर्षीय वृद्ध मृत भेटिए

Sharing is caring!

आइतबार पर्सामा परिचय खुल्न नसकेको तराईमूलको बासिन्दा जस्तो देखिने करिब ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् । छिपहरमाई गाउँपालिका ५ भिष्वामा मागेर हिँड्ने पुरुष ब्याक्ति अचेत अवस्थामा छ भन्ने सूचनाको आधारमा घटनास्थल पुग्दा उनी मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरिया, प्रहरी चौकी भिष्वा तथा प्राथमिक स्वास्थ्य चौकीको चिकित्सकसहितको टोली घट्नास्थलमा पुगेर मुचुल्लका सहितको कार्य गरी शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको र बाँकी तथंक आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY