नेकपाले ३० ठाउँमा जित्दा कांग्रेसले १३ सिटमा चित्त बुझायो

Sharing is caring!

गत शनिवार सुम्पन्न उपनिर्वाचनको ५२ वटै स्थानको मत परिणाम सार्वजानिक भएको छ । प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहको ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको हो । जस अनुसार सत्ताधारी दल नेकपा पहिलो बनेको छ । नेकपाले ३० स्थानमा विजय हासिल गरेको छ । यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले ४ स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र २४ वडाध्यक्ष पद जितेको छ । कांग्रेसले भने १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो । समाजवादीका उम्मेदवार ४ र राजपाका उम्मेदवारले ३ वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बाग्लुङमा प्रदेशसभा सदस्य जितेका छन् भने १ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY