छाउगोठमा एक युवतीको मृत्यु

Sharing is caring!

गए राति अछाको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरको छाउगोठमा एक युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । अछाममा अहिलेसम्म छाउगोठमै १४ महिलाको मृत्यु भैसकेको छ ।

Sharing is caring!

LEAVE A REPLY