पोखरामा दिउँसो ३ बजे सागको उद्घाटन

Sharing is caring!

आज दिउँसो ३ बजे १३ औं दक्षिण एशियाली खेलकुद सागअन्तर्गत पोखरा रंगशालामा औपचारिक रुपमा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्दैछन् । उद्घाटनका लागि पोखरा रंगशाला पुरै सिंगारिएको र र रंगशालाको गेटमा सातै राष्ट्रका झण्डा फहराइएको छ । सागअन्तर्गत पोखरामा ८ खेल हुँदैछन् ।
जसमा महिला फुटबल, महिला क्रिकेट, महिला पुरुष ह्याण्बल, आर्चरी, ब्याडमिन्टन, हुनेछ भने फेवाताल किनारमा बीच भलिबल, माटेपानीमा भारोत्तोलन, र फेवातालमा ट्रायथलन हुनेछ ।
उद्घाटन कार्य्रक्रम अघि विभिन्न झाँकीसहितको र्याली पोखरा रंगशाला पुग्ने छ ।

Sharing is caring!

LEAVE A REPLY