यि हुन् बिरामी महिलालाई बलात्कार प्रयास गर्ने मेडिसिटी अस्पतालका डाक्टर रोहित

Sharing is caring!

विरामीलाई बलात्कार प्रयास आरोपमा मेडिसिटीका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् । उपचार गराउन आएका बिरामीमाथि बलात्कार प्रयास गरेको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक झालाई प्रहरीले पक्राउ गरेको हो।

पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो । पीडित महिला अस्पतालमा स्वास्थ्य परीक्षणमा गएको बताइएको छ । प्रहरीले मंगलबार अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान सुरु गरेको छ ।

बिरामीमाथि बलत्कार प्रसास गरेको उजुरी परेपछि अस्पतालले सोमबार उनलाई निलम्बन गरेको अस्पतालकी प्रेस संयोजक मनिता पोखरेलले बताइन् ।
‘हिजो बेलुका नै यो विषयमा कुरा आएको थियो । बिरामी महिलाले संस्थाको ‘थ्रु’ बाट गुनासो गरेपछि उहाँ हिजो बेलुका नै सस्पेन्सनमा पर्नुभएको थियो , उनले भनिन्, ‘आज प्रहरीले पक्राउ नै गरेपछि अस्पतालले निलम्बन गरिसक्यो ।’

पीडित महिलाले एक संस्थामार्फत गुनासो गरेकाले उनको विषयमा कुनै जानकारी नभएको पोखरेल को भनाइ छ । जनरल फिजिसियन डा झा डेढ महिना अघि मात्र मेडिसिटि हस्पिटलमा काम गर्न पुगेका थिए ।

Sharing is caring!

LEAVE A REPLY