अराजक बन्न खोजेपछि ज्ञानेन्द्र शाहीलाई कारबाही गरियो:डा सुरेन्द्र भण्डारी

Sharing is caring!

 

उत्तेजक अभिव्यक्ति दिएर चर्चामा आएका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही आफ्नै संस्थाबाट कारबाहीमा परेका छन्। ‘नेपालका लागि नेपाली’ अभियानका प्रमुख नेता अधिवक्ता सुरेन्द्र भण्डारीले उनलाई कारबाही गरिएको जानकारी दिए।

‘शाहीले मङ्सिर ११ गते गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालका लागि नेपालीको कुनै पनि संलग्नता, सहभागिता र समर्थन नरहने तथा नेपालीका लागि नेपालीमा ज्ञानेन्द्र निज शाहीको कुनै पनि जिम्मेवारी नरहने व्यहोरा जानकारी गराइन्छ’ अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विभिन्न स्थानमा भएका कार्यक्रममा निर्घात कुटिएका शाही अराजक बन्न खोजेपछि अभियानबाट निकालिएको अभियान्त डा सुरेन्द्र भण्डारीले जानकारी दिए ।

उनकाअनुसार आफूहरुमाथि आक्रमणमा उत्रिनेविरुद्ध सोही किसिमले आक्रमण गर्नुपर्ने बताएका कारण उनलाई हटाइएको हो । कुनै बेला आफ्ना विपक्षी तथा प्रतिस्पर्धीमाथि आक्रमणमा उत्रने वाइसिएल, युथ फोर्स र तरण दलजस्था संगठन बनाउने कार्य र सोही किसिमको व्यवहार गर्न थालेपछि शाहीलाई बाध्य भएर हटाएको न्यौपानेले बताए । अराजक गतिविधि नगर्न बारम्बार सम्झाउँदा र सुझाव दिँदै पनि शाहीले इन्कार गरेकोपछि कारबाही गर्दै अभियानबाट निकाल्नु परेको भण्डारी दाबी गर्छन् ।

जापान र वेलायतमा रहेको राजसंस्था जस्तै नेपालको लागि पनि राजसंस्था आवश्यकता रहेको निष्कर्ष निकालेको अभियानका अर्का अभियान्ता अधिवक्ता बालकृष्ण न्यौपानेले राजसंस्थाको आवश्यकता नरहेको र गणतन्त्र नै चाहिने बताए पछि ज्ञानेन्द्र शाहीलाई अभियानबाट निकालिएको जानकारी दिए ।

Sharing is caring!

LEAVE A REPLY