मतगणनाको पछिल्लो परिणाम अनुसार धरान उपमहानरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको अग्रता कायमै रहेको छ । बिहान १६४७ मतले लिड गरेको कांग्रेसले पछिल्लो मत परिणाममा २६०२ मतले लिड गरेको छ।
कांग्रेसका तिलक राईले २५ हजार ९ सय ९५ मत ल्याउँदा सत्तरुढ नेकपाका उम्म्देवार प्रकाश राईले २३ हजार ३ सय ९३ मत ल्याएका छन्। अहिले वडा नं. ७ को मतगणना हुँदैछ।
गणना हुन बाँकी रहेको वडामा कांग्रेस र नेकपा बीचमा बराबर जस्तै मत आएपनि कांग्रेसलाई जित्न सहज हुने अनुमान गरिएको छ। ती वडाहरुमा तुलनात्मक रुपमा कांग्रेसको बलियो पनि मानिएको छ।
प्रारम्भिक मतपरिणाममा पछाडि परेको कांग्रेसले लगातार अग्रता बढाउँदै लगेको छ । धरानमा २०७४ मा निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भएपनि उनको निधन पछि उपनिर्वाचन भएको हो।