नङको रङ फेरिँदै छ ? यस्तो सम्म खतरा हुन्छ…..

Sharing is caring!

हामी हाम्रो नङको रङ फेरीएको कुरा खासै वास्ता गर्दैनौ । तर यदि हाम्रो नङको रङ बदलिँदै छ र पहिलेको तुलनामा निकै पहेँलो हुँदै गएको छ भने यसले हाम्रो शरीरमा रगतको कमी हुँदै गएको जनाउँछ । यसको अर्थ हामीलाई एनिमिया भएको हुनसक्छ । वा यही कुरा हाम्रो मिर्गौला वा कलेजो खराब भएको संकेत पनि हुनसक्छ ।

अर्कोतिर हाम्रो नङको रंग सेतो हुँदै गएको छ भने हाम्रो कलेजोमा समस्या हुनसक्ने संकेत त्यसले गरेको हुन्छ । हामीलाई थायराइड हुँदै छ भने हाम्रो नङको रङ कालो हुँदै जाने सम्भावना बढी हुन्छ । नङ नीलो हुँदै गएको छ भने हाम्रो शरीरमा आवश्यक अक्सिजन पुगिरहेको हुँदैन । त्यसैले नङमा यस्तो किसिमको परीवर्तन देखियो भने तुरुन्तै चिकित्सकको सल्ला लिन स्वास्थ्य संस्था जानु पर्छ । -एजेन्सी

Sharing is caring!

LEAVE A REPLY