विमान दुर्घटनामा परी अमेरिकामा ९ जनाको मृत्यु

Sharing is caring!

अमेरिकाको साउथ डकोटमा विमान दुर्घटना हुँदा दुई बालबालिका सहित नौ जनाको मृत्यु भएको छ । विमानमा १२ जना यात्रीहरु रहेका थिय ।
उडेको केही समयपछि नै विमान दुर्घटना भएको ब्रुल काउन्टी स्टेट्स अटोर्नी टेरिजा माउले रोस्सोले एक वक्तव्य जारी गरेर बताइन् ।
बाँचेका तीनजनालाई उपचारका लागि सिउक्स फल्स लगिएको छ ।
जाडोमा भिजिबिलिटी डाउन भएपछि मध्याह्नभन्दा केही अगाडि दुर्घटना भएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनका प्रवक्ता लिन लन्सफोर्डले बताए । पिलाटस पीसी–१२ विमान आइडाहो फल्स रिजनल एयरपोर्ट जान लागेको लन्सफर्डले जानकारी दिए । साउथ डकोटामा हिउँ घन्टाको एक इन्चको दरले परिरहेको सिउक्स फल्सको नेसनल वेदर सर्भिसले जनायो ।अधिकारीहरूले दुर्घटनाबारे थप अनुसन्धान गरीरहेको जनाइएको छ ।-एजेन्सी

Sharing is caring!

LEAVE A REPLY