९ वर्षीय बालक स्नातकोत्तर गर्ने तयारीमा

Sharing is caring!

अन्य धेरै नौ वर्षीय बालकजस्तै लरेन्ट सिमन्सलाई पनि टेलिभिजन मनपर्छ।

घरमा पालेको कुकुर पनि मनपर्छ। तर उनी कृत्रिम अंग पनि बनाउन चाहन्छन्। र, अब चाँडै त्यसको योग्यता पनि हासिल गर्ने बाटोमा लम्किएका छन्।

बेल्जियमका यी बालकले डिसेम्बरमा नेदरल्यान्ड्सको आइन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गर्दैछन्।

त्यसपछि उनी विश्वकै कान्छा ग्राजुएट बन्नेछन्। उनी आफ्नो उपलब्धिबाट कति पनि विचलित छैनन्। सामान्यतया तीन वर्ष लाग्ने कोर्ष उनले मात्रै नौ महिनामा पूरा गरे। लरेन्ट यसलाई सामान्य मान्छन्। तर उनलाई यो सबै “कुल” पनि लाग्छ।

“म अहिले इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दैछु। यसमा सर्किट, चिप डिजाइन गर्नुपर्छ,” उनले भने,“मलाई कार्टिङ असाध्यै मनपर्छ। अनि मेरो कुकुरसँग खेल्न र नेटफ्लिक्स हेर्न पनि मनपर्छ।”

प्रशंसाका लागि उनका शिक्षकहरूसँग शब्दको अभाव हुन्छ। “लरेन्टसँग असाधारण गुण छ,” ह्योर्ड ह्युलशोफले भने। उनी विश्वविद्यालयको इलेक्ट्रिकल इन्जिनियरिङका कार्यक्रम निर्देशक हुन्। यो कोर्षलाई कठिन मानिन्छ।

“यी बालक मैले देखेको सबैभन्दा तिक्ष्ण विद्यार्थी हुन्। उनी एकदमै बुद्धिमान हुनुका साथै असल पनि छन्,” उनले भने।

लरेन्ट विश्वविद्यालयको प्रयोगशालमा पढिरहन्छन्। उनका प्रिय मित्रहरू भने बेल्जियमको तटीय क्षेत्र ओस्टेन्डस्थित पुरानो विद्यालयको खेल मैदानमा “ट्याग” खेल्छन्। लरेन्ट भन्छन्,“मलाई प्राथमिक विद्यालय खासै याद हुँदैन तर मेरा साथीहरू अझै त्यहाँ छन्।”उनी प्राथमिक विद्यालय जाँदा चार वर्षका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन्

प्रतिभा पहिचान
कृत्रिम अङ्गको विकास गर्दै मानव आयु बढाउने र जीवनको गुणस्तर बढाउने उनको उद्देश्य हो।

ूम मानवको आयु बढाउन चाहन्छु। मेरा हजुरबुवा र हजुरआमाको आयु पनि बढाउन चाहन्छु,ू उनी भन्छन्।

वास्तवमा उनको तीक्ष्ण बुद्धिको पहिचान उनका हजुरबुबा र हजुरआमाले नै गरेका थिए। त्यतिबेला उनी विद्यालय भर्ना पनि भएका थिएनन्।

ूहजुरबुबा र हजुरआमाले उनलाई हुर्काएका हुन् र उनीहरूले लराँमा विलक्षण प्रतिभा भएको उनीहरूले नै पत्ता लगाएका हुन्,ू लराँका बुवा अलेक्जान्डर सिमोन्स भन्छन्।

ूतर हामीले उहाँहरूको कुरालाई गम्भीरतापूर्वक लिएकै थिएनौँ।ू

पत्ता लगाउनै कठिन
उनका प्राथमिक विद्यालयका शिक्षकहरूले पनि उनको प्रतिभा विलक्षण भएको भने।

त्यसपछि उनी कसरी त्यस्तो परिष्कृत भए भनेर आमाबावुले खोज्न थाले।

उनको विकासको गति देखेर विज्ञहरू पनि चकित भएका छन्।

उनको स्मरणशक्ति एकदमै बलियो थियो र उनको तीक्ष्णता मापन गर्दा उनले १४५ आईक्यू स्कोर पाए।

उनको विश्लेषणात्मक क्षमता पनि गजब नै पाइयो। उनलाई गणित र विज्ञानमा रुचि थियो र पछि भाषाहरूमा पनि चासो दिन थाले।

उनी सुरुमा विद्यालयमा त्यति रमाएनन्। समुद्र तटमा गएर खेल्न रुचाए। तर विश्वविद्यालय जान थालेपछि उनले आफ्नै तरिकाले अध्ययन थाले।

उनको दैनिकी कठोर लाग्छ।

ूसोमवार उनी पढाइको परिचय लिन्छन्, मङ्गलवार प्रयोगशालामा जान्छन्, बुधवार उनी अध्ययनमा लीन हुन्छन् र आठ घन्टासम्म पढ्छन्। बिहीवार शिक्षकहरूलाई भेटेर प्रश्न सोध्छन् र शुक्रवार परीक्षा दिन्छन्,ू उनका बुवाले भने।

ूअरू विद्यार्थीलाई उनको यो चक्र पूरा गर्न १२ हप्ता लाग्छ।ू

बाल्यकाल
उनका सहपाठीहरूले किशोरावस्था पूरा गरिसकेकाले लराँलाई सहज बनाउन उनलाई अलग्गै कक्षा कोठामा राखिन्छ।

उनका पिता भन्छन् उनले आफ्नो बाल्यकालका खुसीहरू गुमाएका छैनन् र उनलाई कुनै दबाब छैन।

उनी अहिले नै प्रख्यात छन्। इन्टाग्राममा उनलाई ३५ हजारले पछ्याइरहेका छन् र त्यहाँ उनले रमाइलो गरिरहेका तस्बिरहरू हाल्छन्। कहिले कुकुरसँग हिँडेको, कहिले पौडिरहेको र कहिले सञ्चारमाध्यमसँग कुरा गरिरहेको।

ूउनले आफू टेलिभिजनमा देखिएकोबारे उनले आफ्ना साथीहरूलाई धाक पनि लगाउँछन्,ू उनका बुवा भन्छन्।

विलक्षण प्रतिभा

मोजार्टले पाँच वर्षको उमेरमा सङ्गीत सृजना गरेका थिए। पिकासोले आफ्नो पहिलो चित्रकला नौ वर्षको उमेरमा कोरेका थिए। तर धेरै बालप्रतिभाहरू परिपक्व हुँदै गएपछि हराउँदै जान्छन्।

Sharing is caring!

LEAVE A REPLY