बलत्कारको आरोपमा पक्राऊ परेका सिद्धबाबा कृष्ण बहादुर महराको गुरु

Sharing is caring!

कृष्णबहादुर महराकै पथमा उनका गुरु पनि । भण्डारी थरकी एकजना युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सुनसरीको चतरास्थित आश्रमबाट प्रहरीले पक्राउ गरेको छ । यीनै गुरुका चेला कृष्णबहादुर महरा बलात्कारकै अभियोगमा थुनामा छन् ।सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् । उनी निवर्तमान कृष्णबहादुर महराको गुरु हुन ।

बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

Sharing is caring!

LEAVE A REPLY