धेरै मानिसलाई हुने भएको भएर पब्लिकमा धेरै हल्लाखल्ला यसकै छ

Sharing is caring!

विश्वमा करोडौं छन्, मधुमेह भएका मानिस र दिनप्रतिदिन बढ्दैछ मधुमेह रोगीको संख्या । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. भोजराज अधिकारी मधुमेह रोग विशेषज्ञ मानिन्छन् । विगत १३ वर्षदेखि स्वास्थ्य क्षेत्रका अनुभवी डाक्टर अधिकारी नेपाल सरकारको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष समेत हुन् । प्रस्तुत छ, मधुमेह रोगबारे विभिन्न प्रश्नहरुमा उनीसँग गरिएको कुराकानी ।

– अजय गोर्खाली

१) मधुमेह भन्नाले के बुझिन्छ ? यो कस्तो खालको रोग हो ?
– मधुमेह एउटा रोग होइन खास, रोगहरुको संग्रह हो । शरीरमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्ने इन्सुलिन भन्ने पदार्थ हुन्छ । ग्लुकोज हाम्रो शरीरलाई जरुरी पदार्थ हो । तर चाहिने भन्दा बढी भयो भने, त्यसले नोक्सान गर्छ । त्यो नोक्सान रोक्नलाई निक्लिनुपर्ने इन्सुलिन ननिस्किएर अथवा निस्किहाले पनि काम गर्न नपाएर ग्लुकोज नियन्त्रण भएन भने हाई ग्लुकोजले शरीरमा देखाउने विभिन्न लक्षणहरुको संग्रहलाई मधुमेह भनिन्छ । यो दीर्घ रोग हो किनभने एकपटक लागेपछि जीवनभर लाग्ने हुनाले, इन्सुलिन नबन्ने प्रक्रिया अथवा बनेर काम गर्न नसक्ने निरन्तर जीवनको प्रक्रिया भएकोले यो अलिकति अप्ठ्यारो पार्ने, मानिसको मत्यु हुने, अरु गम्भीर प्रकृति दिने हिसाबले पनि सामान्य मानिँदैन । किनभने विश्वमा मानिसहरुको मृत्यु गराउने रोगहरु र अप्ठ्यारोमा पार्ने रोगहरुमा सातौं नम्बरको किलर रोग हो यो ।
२) के मधुमेह रोग लाग्नु भनेको जीवनका सबै खुशी समाप्त हुनु हो ?
– मधुमेह रोग नै होइन, म त मधुमेही भन्छु । लायन्सले लायन फलानो, रोटरीले रोट्रियन फलानो भनेजस्तै मधुमेही हो । मधुमेह रोग होइन । त्यसो भएर जीवनशैली अपनाउन जान्यो, त्यस्तै खालको खानपिन अपनाउन जान्यो । रोग टाइममै पत्ता लाग्यो, औषधि लिएर सुगरलाई खालिपेटमा १२६ भन्दा भित्र र खाना खाएपछि १६० भन्दाभित्र राख्यो, टार्गेट अंगहरुको बारेमा नियमित चिकित्सकसँग परीक्षण गरायो भने मधुमेह भएर कुन चाहिँ कुरा रोकिन्छ ? संसारको कुनै देश घुम्न रोकिन्छ कि ¤ कुनै कार्यक्रममा भाग लिन रोकिन्छ कि ¤ वैदेशिक रोजगारीमा जान रोकिन्छ कि ¤ खुशी हुन रोकिन्छ कि ¤ बच्चा पाउन रोकिन्छ कि ¤ नो । डायबिटिजमा सबैखाले खुशी मिल्छ ।
३) के मधुमेहीले गुलिया चीज खान सक्छन् ?
– गुलिया चीज खान सकिन्छ । गुलियोमा ग्लुकोजको मात्रा हेर्ने हो । जस्तै सुगर फ्री भनेर बजारमा किन्न पाइन्छ नि ¤ त्यो पनि गुलियो हुन्छ नि ¤ तर ग्लुकोजको मात्रा नियन्त्रित र १६०० किलो क्यालोरी क्याल्कुलेट गरेर खान हुन्छ । जस्तो एउटा रसबरीमा ४०० किलो क्यालोरी हुन्छ । मानौं त्यो मान्छेले ४०० किलो क्यालोरीको रसबरी खायो भने अरु खानेकुराबाट १२०० किलो क्यालोरी मात्र पूरा गरेर त्यो दिन बिताउनुप¥यो । स्याउमा जम्मा ४० प्रतिशत सुगर हुन्छ, गुलियो भएपनि स्याउ खान सकियो । सुन्तलामा ४१ प्रतिशत हुन्छ । अनारमा फेरि ८० प्रतिशत भन्दा बढी हुन्छ । सबैको आ–आफ्नो भ्यालु छ, त्यो भ्यालु क्यालकुलेट गरेर कति खान मिल्ने भन्ने बनाउनुपर्छ ।
४) ग्लुकोज भनेको के हो ? रक्त ग्लुकोज भनेको के हो ? रक्त ग्लुकोज र मधुमेह रोगको बीचमा के सम्बन्ध छ ?
– हाम्रो शरीरलाई तीन प्रकारका तत्वहरु चाहिन्छ । एउटा ग्लुकोज, अर्काे प्रोटिन र अर्काे फ्याट । ग्लुकोज विभिन्न खालको कार्बाेहाइड्रेटमध्येको एउटा कार्बाेहाइड्रेट हो । यो फाइन फर्म हो । र, यो सोसेर हाम्रो शरीरले विभिन्न तन्तु–तन्तुलाई इनर्जी दिने गर्छ । हरेक तन्तुलाई इनर्जी दिन्छ । रक्त ग्लुकोज भनेको रगतमा कति ग्लुकोज बग्यो भने शरीरले त्यस्तो शक्ति दिने काम गर्छ भन्ने हो । यस्तो रगतमा हुने ग्लुकोजचाहिँ हाम्रो शरीरमा खालि पेटमा १२६ मिलिग्राम÷ डेसिलिटर नकट्ने गरेर हुनुपर्छ । खाना खाएपछि १६० नकट्ने गरेर भयो भने त्यसले शरीरमा सामान्य र राम्रो काम गर्छ । हाम्रो शरीरको मुख्य–मुख्य अंगहरुलाई त्यसले बचाउँछ । तर यदि त्योभन्दा बढी मात्रा निरन्तर रह्यो भने त्यसले रगतको नलीहरुलाई ड्यामेज गर्ने, तन्तुहरुमा पनि सीधै ग्लुकोजमा टक्सिन अथवा विषको काम गर्ने र ती अंगहरुमा रगतको प्रभावचाहिँ रगत बाक्लो भएर बग्न नदिने भएको हुनाले ठिक्क ग्लुकोज शरीरलाई एकदमै जरुरी छ । जस्तै मस्तिष्कलाई ग्लुकोज नभई हुन्छ । कम ग्लुकोज भयो भनेपनि तन्तु, न्युरोनहरु मर्छन् । बढी ग्लुकोज पनि शरीरमा चाहिँ घातक मानिन्छ ।
५) मधुमेह भएको, नभएको पत्ता लगाउन के गर्नुपर्छ ?
– मधुमेह भएको, नभएको पत्ता लगाउन पहिलो कुरा त मधुमेहका मुख्य तीन/ चारवटा लक्षणहरु छन् – बढी भोक लाग्नु, बढी तिर्खा लाग्नु, बढी पिसाब लाग्नु । यो तीनवटा एकदम महत्वपूर्ण कार्डिनल लक्षण भन्छ, यो याद गर्नुप¥यो । त्यसपछि कुनै घाउ भयो भने घाउ निको नहुनु, आँखा धमिलो हुँदै जानु, शरीर चिलाउनु, रोगसँग लड्ने क्षमता नहुनु, शरीर आलस्य हुनु, तौल घट्नु जस्ता लक्षणहरु भयो भनेपनि मधुमेह हो कि भन्ने शंका हुन्छ । र अर्काे कुरा परिवारमा एकजनालाई मधुमेह छ भने अरु व्यक्तिलाई पनि मधुमेह छ कि भनी शंका गर्नुपनि एकप्रकारको लक्षण नै हो । त्यस्तो छ भने डाक्टरकहाँ गएर जँचाउनुप¥यो ।


६) रक्त ग्लुकोज कति भए मधुमेह भएको मानिन्छ ?
– रक्त ग्लुकोजचाहिँ चार तरिकाले परीक्षण गर्न सकिन्छ । आठ घण्टाको खाली पेटमा आएर रगत जाँच्दा १२६ भन्दा बढी भए सुगर भएको मानिन्छ । खाना खाएको ठिक दुई घण्टापछि सबैभन्दा बढी सुगर हुने हो, त्यो बेलामा २०० कट्यो भने सुगर भएको मानिन्छ । २४ घण्टामा कुनै पनि समय आएर परीक्षण ग¥यो भने ¥यान्डम ब्लड सुगर भन्छौं, त्यो पनि २०० भन्दा बढी भयो भने सुगर भएको मानिन्छ । र, तीनदेखि चार महिनाको ब्लड सुगरको एभरेज निकाल्न मिल्छ,  HBA1C भन्ने परीक्षणबाट । त्यो परीक्षणमा साढे ६ पर्सेन्टेजभन्दा बढी ग्लुकोज रगतमा भयो भनेपनि सुगर भएको मानिन्छ ।
७) खाली पेटको रक्त ग्लुकोज र खाना खाएपछिको रक्त ग्लुकोजलाई जनसामान्यको भाषामा बुझाइदिनुस् न ?
– खालि पेटको ग्लुकोज र खाना खाएपछिको ग्लुकोज भनेको २४ घण्टामा सबैभन्दा शरीरमा कम सुगर हुने समय, खाना खाएपछिको खालि पेट कति घण्टा रहेपछि भन्ने भन्ने हो । त्यसमा खाली पेटको आठ घण्टापछि चाहिँ शरीरमा ग्लुकोजको मात्रा सबैभन्दा न्यून हुन थाल्छ । त्यही भएर त्यो बेलामा परीक्षण गरियो भने २४ घण्टामा सबैभन्दा कम हुने रेकर्ड थाहा हुन्छ भने खाना खाएको दुई घण्टापछि शरीरमा सबैभन्दा बढी ग्लुकोज बढ्छ । त्यसको परीक्षण गरियो भने २४ घण्टाको सबैभन्दा उच्च पोइन्ट पत्ता लाग्छ । हरेक मानिसहरुमा त्यो हाइएस्ट पोइन्ट र लोयस्ट पोइन्टको बीचमा सुगर हुने गर्छ । त्यसकारण सबैभन्दा लोएस्ट र हाइएस्ट टेस्ट गर्ने चलन चलेको हो फास्टिङ र PP भनेर ।
८) ग्लाइकोसेलेटेड हेमोग्लोबिन परीक्षण भनेको के हो ? यो कसरी जाँच्ने गरिन्छ ?
– ग्लाइकोसेलेटेड हेमोग्लोबिन भनेको के हो भने HBA1C भन्छौं । HB भनेको हेमोग्लोबिन,  A1C भनेको एउटा प्रोटिन हो । सुगरको कम्पोनेन्ट हो । सुगरसँग ग्लुकोजमा रगत टाँसिने भन्न खोज्या हो । रगतको कणमा ग्लुकोज टाँसिने । एउटा मान्छेको रगतको आयु १२० दिन हो । भनेपछि एउटा रगतको सेलमा एकचोटि ग्लुकोज टाँसिएपछि लगभग १२० दिन टाँसिने भयो । त्यसो भएर त्यो कतिवटा ग्लुकोजका टुक्राहरु रगतसँग टाँसिएको छ भन्ने रेसियो निकाल्ने हो । भनेपछि ३ देखि ४ महिनाकै रिपोर्ट थाहा हुने भो, त्यसैलाई ग्लाइकोसेलेटेड हेमोग्लोबिन अथवा  HBA1C भनिन्छ । यो कसरी जाँच गरिन्छ भने रगतबाटै परीक्षण गर्ने हो । जतिखेर परीक्षण गर्दा पनि हुन्छ । यसलाई खालीपेट वा खाना खाएपछि भन्नुपर्दैन ।
९) मधुमेह कति प्रकारका हुन्छन् ?
– मधुमेह दुई प्रकारका हुन्छन् । अहिले नयाँ क्लासिफिकेसन पनि आएको छ, ५/६ प्रकारको भनेर । तर विशेष गरेर अहिलेसम्म मानिएको मधुमेहचाहिँ दुई प्रकारको हुन्छ । टायप–१ मधुमेह र टायप–२ मधुमेह । अर्काे तेस्रो प्रकारको विशेषगरी पहिलेदेखि भन्दै आएको चाहिँ गर्भावस्थामा हुने मधुमेह हो ।
१०) टाएप–१, टाएप–२, गर्भावस्थामा हुने र अन्य रोगहरुको कारणले हुने मधुमेहको बारेमा बताइदिनुहोस् न ?
– टाएप–१ भनेको उमेरको हिसाबले ३० वर्षभन्दा पहिल्यै सुरु हुने मधुमेह । टाएप–२ भनेको ३० वर्षभन्दा पछि सुरु हुने मधुमेह । ३० वर्षलाई किन बोर्डर राखेको हो भने खानपिन, जीवनशैली र रहनसहन ३० वर्षसम्म धेरैजसो सामान्य खालको, घरमै खाने, बच्चाहरुदेखिको लाइफको बारेमा हुन्छ । त्यति छिटो सुगर सुरु भयो भने त्योचाहिँ खाएर, पिएर भएको हुँदैन । त्यसकारण टाएप १ मा खानपानको कुराभन्दा पारिवारिक तथा जेनेटिक कुरा हुन्छ । यिनीहरुमा इन्सुलिन बन्दै बन्दैन । त्यसकारण यसलाई इन्सुलिन डिपेन्डेन्ट डायबिटिज पनि भनिन्छ । इन्सुलिन दिएर मात्रै ठिक हुने भएको भएर । उल्टो हुन्छ जति छिटो डायबिटिज हुन्छ, त्यति ट्याब्लेटले भन्दा सुईले राम्रो काम गर्छ । किनभने इन्सुलिन छँदै छैन भने त बाहिरबाट इन्सुलिन नै दिनुप¥यो । भने टाएप २ भनेको मानिसको शरीरमा इन्सुलिन त बन्यो तर शरीरमा काम गर्न नदिने तत्वहरु बढ्यो उमेर बढे सँगसँगै । जस्तै मान्छे मोटो भयो, फ्याट बढ्यो । ग्लुकोजले मनपरी काम ग¥यो, इन्सुलिनले त्यसलाई छेक्न सकेन, त्यसलाई टाएप टु भनिन्छ । यसमा चाहिँ खानपान, रहनसहन र जीवनशैलीको रोल बढी हुन्छ, जेनेटिक रोल कम हुन्छ । अब गर्भावस्थामा हुने मधुमेहको बारेमाचाहिँ गर्भावस्थामा के हुन्छ भने शरीरमा प्रोटिनको मात्रामा पनि वृद्धि हुन्छ, ग्लुकोजचाहिँ शरीरले युटिलाइज गर्न सक्दैन । विशेषगरी यो चाहिँ २४ हप्तादेखि ३२ हप्ताको बीचतिर गएपछि शरीरमा बनेको ग्लुकोजलाई शरीरले मेटाबोलाइज गरेर पखालेर पठाउन सक्दैन । त्यस्तो बेलामा चाहिँ इन्सुलिन रेसिस्टेन्स हुन्छ । भनेको इन्सुलिनले आफ्नो काम गर्न सक्दैन । ग्लुकोजले मात्रै शरीरमा बढी नोक्सान पु¥याउन थाल्छ । र, त्यो बेलामा गर्भावस्थामा हुने सुगरलाई जेस्टिसनल डायबिटिज अथवा गर्भावस्थामा हुने मधुमेह भन्छौं, जुन एक तिहाइ मानिसहरुमा चाहिँ मधुमेह सञ्चो हुन्छ बच्चा जन्मिएपछि । तर केही मानिसहरुमा फेरि पछि सुरु हुन सक्छ । यस्तै, अन्य रोगहरुको कारणले पनि मधुमेह हुन सक्छ । जस्तो पेटमा, पेन्क्रियाज भन्ने ग्रन्थिको पुच्छरबाट इन्सुलिन निस्कने हो । मानौं त्यही पेन्क्रियाज बिरामी भइदियो, पेन्क्रियाटाइटिस भन्ने रोग भइदियो भने इन्सुलिन निस्कन छोड्छ । त्यसले गर्दा दोस्रो प्रकारको डायबिटिज हुने भयो । पेन्क्रियाज निको हुँदा त्यो निको हुन पनि सक्छ । अर्काे अत्यधिक मोटोपनले, फ्याटले गर्दा हुन्छ । तौल घटेपछि हराउने, त्यो बेलामा देखिने हुन्छ । अर्काे फरक–फरक खालको केटाकेटीमै हुने जेनेटिक डायबिटिजहरु छन् । कहिलेकाहीँ विभिन्न केमिकलहरु, औषधिहरु जस्तो प्रेडनिसोलोन भन्ने स्टेरोइडको प्रयोगले पनि मधुमेह एकदम भएको देखिएको छ । अनि स्ट्रेसले पनि मधुमेह हुन्छ । कुनै टक्सिन, पोइजनहरुले पनि मधुमेह हुन्छ । यस्ता खालकालाई चाहिँ अन्य प्रकारका भनेर बाँडिएको छ ।


११) टायप –२ मधुमेह त्यति सिरियस हुँदैन भनिन्छ नि ?
– त्यसो होइन, टायप टु मधुमेह सिरियस हुन्छ । तर टायप टु मधुमेहमा सच्याउने कुराहरु धेरै हुन्छन् । जस्तै मोटोपन घटाउनु, एक्ससाइज गर्नु, तनाव नलिनु । यस्तै, ट्याब्लेटले पनि काम गर्ने भएको भएर टाइप १ भन्दा टायप २ अलि कम सिरियस त हो तर धेरै मानिसलाई हुने भएको भएर पब्लिकमा धेरै हल्लाखल्ला यसकै छ ।
१२) गर्भावस्थामा हुने मधुमेहलाई त्यति सिरियसली लिनुपर्दैन यो आफैं हराएर जान्छ हो ?
– एकतिहाइ गर्भावस्थामा हुने मधुमेह हराएर जान्छ भने एक तिहाइमाचाहिँ पछि फेरि हुन सक्छ । त्यसकारण अन्य भन्दा सिरियस नभएपनि निगरानी चाहिँ राख्नुपर्छ ।
१३) मधुमेह लागेपछि देखिने अन्य लक्षणहरु के के छन् ?
– मधुमेह भएपछि विशेषगरी तीनवटा लक्षणहरु बढी भोक लाग्ने, बढी तिर्खा लाग्ने, बढी पिसाब लाग्ने हुन्छ । त्यसपछि टाउकोदेखि खुट्टाको बूढी औंलासम्म लक्षणहरु हुन सक्छन्, जसले मान्छे गल्न सक्छ, आँखा धमिलो हुन सक्छ, चक्कर आउन सक्छ । घाउ निको नहुन सक्छ । थकान बढ्न सक्छ, तौल घट्न सक्छ । खुट्टामा घाउ, अल्सर हुन सक्छ । यी, आदि जस्ता लक्षण हुन्छन् । कतिपयमा भने लक्षण नै देखिँदैन । यी कुनै लक्षण नै नदेखिने तर परीक्षणको क्रममा मधुमेह देखिन पनि सक्छ ।
१४) मधुमेहले के कस्तो हानि–नोक्सानी पु¥याउन सक्छ ?
– मधुमेहका कम्प्लिकेसनहरु दुई प्रकारका छन् । एउटा अचानक हुने, अर्काे बिस्तारै हुने । बिस्तारै हुनेमा चाहिँ सबैभन्दा साना नलीहरु रगतको नलीहरुमा हान्ने भएर आँखाको डायबिटिज रेटिनोपेथी भन्छौं हामी । रेटिना भन्ने आँखालाई दिमागसँग जोड्ने नसाहरुमा सबैभन्दा पहिले असर गर्छ । रगतको नलीहरु जाम गरिदिन्छ अथवा त्यहाँ रेटिनामा हेम्ब्रेज गरिदिन सक्छ, जसले गर्दा आँखाको दृष्टि गुम्न सक्छ, जुन बिस्तारै पनि हुन सक्छ, अचानक पनि हुन सक्छ । अर्काे स्नायु प्रणालीमा असर गरेर गोडाहरु झम्झमाउने, पोल्ने हुँदै पछि गएर लाटो नै भएर खुट्टा काट्नुपर्ने डायबिटिक फुट अल्सर समेत हुन सक्छ । यसलाई हामी डायबिटिज न्युरोप्याथी भन्छौं । तेस्रो चाहिँ डाइबिटिजले मृगौलामा हान्ने । नेफ्रोप्याथी भन्छौं जसलाई, यो चाहिँ मृगौलामा असर गरेर दुईटै किड्नी फेल हुनेमा विश्वमा दुई नम्बर कारणमा पर्छ मधुमेह । प्रेसरपछि । अरु असरहरुमा अचानक प्यारालाइसिस हुन सक्ने । अचानक हर्टअट्याक हुन सक्ने रिस्क अरु बिरामीलाई भन्दा डबल हुन्छ डायबिटिजको लाई । अचानक आँखा बन्द हुन सक्ने, रगतका नलीहरु थुनिनसक्ने, घाउहरु हुन सक्ने, घाउ निको नहुने, त्यसैबाट इन्फेक्सन रगतमा फैलिने जस्ता अन्य नोक्सानहरु मेधुमेहले पु¥याउन सक्छ ।
१५) मधुमेहको औषधि खाइयो भने घाउहरु निको हुन्छन् त ?
– मधुमेहको औषधि खाइयो भने मधुमेह कन्ट्रोलमा आयो र अरु मानिसको सरह नै भयो भने त्यही लेबलकै रगतमा सुगर बगेपछि त त्यो कम्प्लिकेसनहरुमा कमी आउँछ, तर त्यो कुरा ढिलो गरियो भने फेरि सोचेजस्तो सयमा सय प्रगति हुन्न । किनभने त्यहाँ ड्यामेज भइसकेको हुन्छ ।
१६) मधुमेहलाई निगरानी कसरी गर्ने बताइदिनुहोस् न ?
– मधुमेहलाई निगरानी गर्ने बारेमा हामीले के बुझ्नुप¥यो भने पहिलो कुरा पारिवारिक रुपमा ‘परिवार र मधुमेह’ भनेको छ नि त अहिलेको नारा । एकजनालाई मधुमेह छ भने घरपरिवारका अरुलाई पनि मधुमेह छ कि भनेर वार्षिक परीक्षण कमसेकम गर्नुप¥यो । एउटा मानिसले एक वर्षमा मधुमेहको सुगर र प्रेसरको लागि प्रेसर नाप्यो भने विश्वमा १३ प्रतिशत मधुमेह र प्रेसरका बिरामी घट्छन् अरे यत्तिकै पनि नाप्यो भने थाहा हुन्छ, पत्ता लाग्छ समस्या कम गर्न सकिन्छ । त्यसैले त्यो चाहिँ गर्नुप¥यो । दोस्रो समाजमा पनि मधुमेहको बारेमा सचेतना फैलाउनुप¥यो । सरकारले मधुमेहलाई जिन्दगीभरिको रोग र यति धेरै मानिसलाई असर गरेको हुनाले शुल्क फ्रीमा परीक्षण गर्न पाउने र यसको औषधिहरु देशैभरि उपलब्ध गराएर यसको प्रचारप्रसारमा सरकारले पनि जनस्वास्थ्यमार्फत् रोल प्ले गर्नुप¥यो । अर्काे चाहिँ मधुमेहलाई निगरानीमा राख्नलाई बिरामी आफैंले लिने होसियारीमा चाहिँ ब्लडसुगर खाली पेट १२६ भित्र राख्न, खाना खाएपछि १६० भित्र राख्न कोसिस गर्नुपर्छ । यसले शरीरका ड्यामेज गर्नसक्ने अंगहरु आँखा, मुटु, मृगौला, रगतको नलीहरु परीक्षण गरिरहन र परीक्षण गरेर केही समस्या देखिएमा चिकित्सकले भनेजस्तै गरेर फ्लोअप गर्न, टाइमली औषधि लिन र परेको खण्डमा इन्सुलिनसमेत लगाउनुपर्छ ।
१७) मधुमेहको प्रचलित उपचार विधि कस्ता छन् ?
– प्रचलित उपचार विधिहरु के कस्ता छन् भन्ने बारेमा तीनवटा उपचार विधिहरु छन्– एउटा जीवनशैली परिवर्तन । दोस्रो औषधिबाट र तेस्रो सुईबाट । जीवनशैली परिवर्तनमा दुई भाग छ, एउटा खानपिन, अर्काे रहनसहन । खानपानमा कम कार्बाेहाइड्रेट खाने अथवा ग्लुकोजजन्य चीजहरु कम खाने । जस्तै आलु, चिनी, गुलियो मिठाई, स्वीस, बेकरी, भात, रोटीमा ग्लुकोज धेरै हुन्छ । यी चीजहरुको मात्रामा कटौती गर्नुप¥यो । १८०० किलो क्यालोरीभन्दा माथि जानुभएन तर प्रोटिनहरु लिन सकिन्छ । फ्याट पनि थोरै थोरै लिन सकिन्छ । तर खानेकुरामाचाहिँ बढी कार्बाेहाइड्रेट हुनु भएन र डिभाइडेट फुड खानुप¥यो । फरक–फरक समयमा खानुप¥यो । एकैचोटि हेभी फुडिङ गर्नुभएन । बिहानमा भातै खाने, बेलुकामा रोटी, सागसब्जी एवम् प्रोटिनजन्य चीजहरु बढी खाने । भातमा त्यस्तो नयाँ–पुराना चामल भन्ने हुँदैन तर मानिसहरुले त्यस्तो भन्छन् । फ्याक्ट्रीहरुमा प्रशोधन गरेका, पोलिस्ड गरेका राईस, मैदाहरु राम्रो मानिँदैन । नेचुरल टाएपको खानेकुराहरुमा बढी जोड दिने । पानी प्रशस्त पिउने । अनि जीवनशैलीमा चाहिँ तनावमुक्त रहन प्रयास गर्ने, पसिना आउने गरी २० मिनेट फटाफट हिँड्ने, दौडिने पनि होइन, उफ्रिने पनि होइन । सकेसम्म हिँड्ने अनि योग टाइपका कसरतहरुमा जोड दिने । बसेर गर्ने कामहरु छन् भने त्यसलाई व्यवस्थित गर्नुप¥यो । बढी हिँड्नुप¥यो ।
प्रचलित उपचारमा औषधिको कुराहरुमा औषधिहरु धेरै प्रकारका छन् । सबैभन्दा डायबिटिजको किङ भनेर मेटफरमिन भन्ने दबाइलाई मानिन्छ । अरु पनि धेरै ट्याब्लेटहरु छन्, कसैले ग्लुकोजलाई नियन्त्रण गर्न खोज्ने, कसैले इन्सुलिनलाई बढी काम गर्न दिने, कसैले इन्सुलिनलाई ग्लुकोजलाई नियन्त्रण गर्न नदिएको बीचको ब्यारियरलाई हटाइदिने, कसैले खाना रुच्न कम गराइदिएर ग्लुकोज घटाइदिने, कसैले ग्लुकोजलाई पिसाबबाट फालिदिएर काम गर्ने । यी आदि जस्ता विभिन्न खालका औषधिहरु छन् ।
अर्काेचाहिँ इन्सुलिन । इन्सुलिन भनेको चाहिँ जे छैन, त्यो दिने हो । इन्सुलिन लगाउन नेपालमा धेरै मानिसहरु तर्सिने गर्छन् । अमेरिकामा सय जनालाई सुगर भयो भने ८५ जनाले इन्सुलिन लगाउँछन् । नेपालमा १०० जनालाई सुगर भयो भने ८५ जनाले ट्याब्लेट खान्छन् । मानिस उही हो रगत उही हो । हामीकहाँ डरले जित्यो तर खास राम्रो इन्सुलिन हो । सजिलोचाहिँ ट्याब्लेट हो । मान्छेले सजिलो बाटो रोज्छन् । सुई गाह्रो, झन्झटिलो अलिकति हुन्छ तर राम्रोसँग शिक्षा लियो भने सुई लगाउन गाह्रो छैन । सुई लगाउनुपर्ने अवस्था के के हो भने पत्ता लाग्दा नै कुनै अंगमा ड्यामेज गरिसकेको छ भने सुई लगाउनुप¥यो । कुनै अंगमा पत्ता लाग्दा होइन तर उपचारको ट्याब्लेट खाने क्रममा ट्याब्लेटले नियन्त्रण गरेन भनेपनि सुई नै हो । नियन्त्रण त गर्दै गयो तर लामो समयपछि कुनै अंगमा ड्यामेज ग¥यो भनेपनि सुई नै हो । कुनै अप्रेसन गर्नुप¥यो भने डायबिटिजको बिरामीलाई इन्सुलिन नै हो । कुनै इन्फेक्सन भएर भर्ना भयो बिरामी भने त्यो बेलामा पनि सुई नै हो । टाएप १ डायबिटिजको त उपचार नै इन्सुलिन हो ।

Sharing is caring!

LEAVE A REPLY