चोरले पसल तोडे, पैसा छाडेर प्याज चोरे

Sharing is caring!

चोरी गर्ने उद्देश्यले गएका व्यक्तिको पहिलो नजर कुन चिजमा होला रु अवश्य पनि पैसा ९नगद०मा ।

तर, केही चोरहरु यस्ता पनि हुन्छन्, जसले नगदलाई भन्दा बढी उपभोग्य बस्तुलाई महत्वपूर्ण मान्छन् ।

भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना भयो। एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन्। पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका थिए।

तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए। पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले। गल्लामा भएको पूरै पैसा ठीक थियो। पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए। ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए।

Sharing is caring!

LEAVE A REPLY