महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाउने पार्टी नेकपा नै हो

कास्की–२ को चुनावी सभालाई सम्बोधन गर्न बुधबार पोखरा पुगेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी भएको बताएका छन् ।

उनले भने, “राष्ट्रपतिमा महिला सिफारिस गर्ने, उमेदवार बनाउने पार्टी नेकपा नै हो । म प्रधानमन्त्री भएका बेला प्रधानन्यायाधीशमा पनि महिला नै बनाएँ । हामीले मगर समूदायबाट प्रतिनिधित्व गराउँदै महिलालाई नै सभामुख बनाएका छौैं । अब दलितबाट कोही प्रधानमन्त्री बन्छ, आदिवासी, जनजातिबाट कोही प्रधानमन्त्री बन्छ भने नेकपाकै प्रस्तावमा बन्छ ।” तर उनले कास्की–२ मा विद्या भट्टराई महिला र दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नी भएकैले मात्रै उमेदवार नबनाइएको स्पष्ट पारे ।

भट्टराईको नेपाली कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान रहेको र नेपाली कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक उतार–चढावमा विद्या भट्टराईको अविच्छन्न योगदान रहेकाले उमेदवार बन्न योग्य रहेको बताए । “कास्की–२ का जनता भाग्यमानी छन् । यहाँका जनताले गौरव गर्नुपर्छ, विद्या भट्टराईजस्तो प्रखर, महिला नेतृत्व पाउनुभएको छ,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here