अर्थसचिव खनालको कमाउने काइँते चाला

Sharing is caring!

आफू पदमा रहँदा र पदबाट बाहिरिएपछि पनि आम्दानीको बाटो जोहो गरिराख्ने कुरामा माहिर भएर निस्किए, अर्थसचिव राजन खनाल । उनी पदबाट अवकाश पाउँदै छन् । केही अघिसम्म उनकै कारण अर्थका १४ उपसचिवको सरुवा रोकेर राखियो । तिनीहरु मन्त्रालयमा आउने घाम ताप्ने र फर्कनेबाहेक अरु काम थिएन । उनै खनालले केही दिन अघि मालदार अड्डाहरुमा आफूनिकटका कर्मचारी खटाए र नियमित आम्दानीको बाटो बनाए । ठीक यही ढंगले शिक्षा मन्त्रीले एक जना कर्मचारीलाई सरुवा भएको ठाउँमा नपठाएर सिंहदरबारमै रोकेर राखेका छन् ।

उनी हुन् सरकारले सरुवा गरेका सहसचिवलाई मन्त्रीहरुले नै सहसचिव राजेन्द्र खनाल । उनी बिगत ३५ देखि आफूमाथि अन्याय भयो भन्दै कहिले सचिकहाँ पुगेर गुनासो गर्छन त कहिले मन्त्रीकहाँ । तर मन्त्रीले नै उनको सरुवा रोकेर राखिदिएका छन् । खनालको सरुवा मन्त्रालयबाट २ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा भएको थियो । उनी मन्त्रालयमा विज्ञान प्रविधि शाखा प्रमुखको हैसियतमा छन् ।, तर मन्त्री पोखरेलले उनको सरुवा अड्काइदिइरहेका छन् । यस अघि एकै पटक मन्त्रिपरिषद् ७६ जना बरिष्ठ सहसचिवहरुको प्रदेशमा खटाउने निर्णय गरेको थियो । त्यहाँ खनालको नाम पनि सावेश थियो वरिष्ठ सह सचिवको हैसियतमा । तर यो समाचार तयार पार्दासम्म उनले रमाना पत्र हात पारेका छैनन् । यस अघि खनाल खानी विभागको महानिर्देशक थिए । त्यहाँ हालै गलहत्याईमा परेका मन्त्री मातृका यादवले हटाएर शिक्षा मन्त्रालयतिर फालिदिए । दुई महिना अघि नै सरकारले बरिष्ठ ७६ सह सचिवहरुको सरुवा गर्यो । यसरी सरुवा भएका बरिष्ठ सह सचिवहरु प्रदेशका सचिव बनाएरु खटाइयो । जस अनुसार खनालको २ नम्बर प्रदेशको भौतिक योजना मन्त्रालयको सचिवको रुपमा जिम्मेवारी लिन जानुपर्ने हो । तर सेटिंग चाहिँ कसरी मिलाइएको छ भने त्यताका सचिव पुष्करनाथ घिमिर उर्जा मन्त्रालयमा आउनुपर्ने हो । उनलाई मन्त्रीले त्यहाँबाट यता सरुवा हुनै दिएका छैनन् । जसरी लालबाुब पण्डितको खर्चपानी उठाइपदिने सह सचिवका रुपमा रुद्रमान सिंह तमाग चिनिन्थे ठीक उसैगरी त्यहाँका मन्त्री जितेन्द्र सोनलको गतिलो आम्दानी जुटाइदिने सचिव हुन् घिमिरे । उनी उर्जा मन्त्रालयमा आउनुपर्ने भए पनि रमाना नलिई मन्त्रीसँग मिलेर करोडौं रुपैयाँ भुक्तानी गरी घुस भागबण्डा गर्न तल्लीन रहेको आरोप छ । बीचमा पुन असोज पहिलो साता सरकारले घिमिरेलाई ऊर्जा मन्त्रालयमा सरुवा गरेको थियो । उनले सरुवाको पत्र पनि बुझिसकेका छन् । तर उनी त्यहाँ मन्त्रीसँगै मिलेर चलखेलमा व्यस्त छन् ।

Sharing is caring!

LEAVE A REPLY