आज सुनको मूल्य चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा मंगलबार ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ७० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ७१ ह्जार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।