शेयर कारोबार गर्दा होसियार, हुँदै नभएको शेयर बिक्रि गरेर ठगी

काठमाडौंको हात्तिसारमा रहेको सेयर दलाल कम्पनी कोहिनुर सेक्युरिटिजले १६ हजार कित्ता हुँदै नभएको शेयर बिक्री गरेर ग्राहक ठगेको फेला परेको छ ।

प्रकाश थापाको नामबाट कोहिनुरले नक्कली कारोबार गरेको खुलासा भएपछि विक्रेताको मानसिक अवस्था ठीक नरहेकोे भन्दै कागजपत्र तयार पारेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सो कारोबार रद्द गरिसकेको छ । विक्रेताको मानसिक अवस्था खराब भएको कागजात पेस भएका कारण कारोबार रद्द गर्नुपरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

ग्राहकलाई लगानीकर्तासंग मिलेर हुँदै नभएको सेयरको कारोबार गर्ने उक्त कम्पनीबाट कारोबार गर्दा सचेत रहन सेयर विज्ञहरुले सुझाव दिएका छन् ।

हुँदै नभएको सेयर कारोबार भएको अबस्थामा बिक्री गरेको सेयर दिन नसक्ने लगानीकर्ताले कारोबार भएको मूल्यको २० प्रतिशत रकम हर्जानास्वरूप खरिदकर्तालाई दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here