शिक्षामा राजनितीक हस्तक्षक्षेप कहिलेसम्म ?

अनेरास्ववियू आर आरका नेता गगन सिंह बस्नेत ( केशब )

Sharing is caring!

मुलुकको सर्बाङगीण विकासका निम्ती नभइ नहुने अपरिहार्य शर्त हो शिक्षा । विडम्वना मुलकमा सबै भन्दा वेथिति एवं विकृतीले भरिएको र भ्रष्टाचार तथा राजनीति हुने ठाउँ शिक्षा क्षेत्रनै हो ।

शिक्षामा स्थानिय स्तर देखी केन्द्र तह सम्म राजनीति र विकृतीले जरो गाडेको छ । यस क्षेत्रमा रहेको अन्यौलता र अष्पटताका कारण बेला मौकामा अदालतमा समेत विवादहरु पुग्ने गरेका छन् । ति विवादहरुमा अदालतले दिने फरक फरक निर्णयहरुले यस क्षेत्रलाइ थप अन्योलता सृजनागर्ने काम गरेको छ ।

यहाँ गरिब परिवारका घरमा हुर्केका विधार्थी सरकारी विधालयमा पढ्न बाध्य भएका हुन्छ जहाँ विधार्थीहरुलाई विद्धान भन्दा पनि राजनिती पुच्छर बन्न तालिम दिइन्छ र तिनीहरु राजनितीमा लाग्न बाध्य हुन्छ अनि राम्रो शिक्षा लिने अवसर गुमाउँदै जान्छन् । म शिक्षामा राजनिती हस्तक्षेप बिरोधी मान्छे हो र गरिबको सन्तानले पनि अन्य वर्ग सरह शिक्षा हाँसिल गर्न पाउनु पर्छ ।

कहाँ कुन कुनामा मानव अधिकार आयोग निदाएको छ कि क्या हो ? कठै मेरो देश ।

Sharing is caring!

LEAVE A REPLY