ट्याक्सी चढेर फर्किए गोकर्ण बिष्ट

Sharing is caring!

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् ।

नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् ।

बिष्ट मन्त्रालयबाट सिंहदरबारको दक्षिणी ढोकासम्म हिँडेर पुगे। त्यसपछि ट्याक्सी खोजीमा लागे। केहीबेरमा एउटा ट्याक्सी आयो मन्त्री बिष्टले सँगै आएका शुभेच्छुकलाई हात हल्लाए अनि ट्याक्सीभित्र पसे।

यसअघि बिष्टले आफूले पदमा हुँदा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गरेको बताएका थिए। उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक काम गरेको बताएका हुन्।

Sharing is caring!

LEAVE A REPLY