निवृत्त कर्मचारीको पेन्सन :- नेताहरूको बाउको अंश हैन

भिम उपाध्याय,पूर्व सचिव

Sharing is caring!

भीम उपाध्याय

पेन्सन कर्मचारीले हिजो गरेको जीवनभरिको सेवा, यौवन र श्रम लगानीको ब्याज हो, कसैको दया, दान वा दातब्य हैन। त्यो उसकै सुनिश्चित अकाट्य निजी कमाई हो। पेन्सन डुकुलण्डु आयाराम  गयाराम सरकारी नेताहरूको बाउको अंश खाएको हैन । पेन्सन लिने कर्मचारीले सरकारको आलोचना गर्न नपाईने हो र गरेमा पेन्सन खोस्ने हो भने, अन्य यस्तै तलब, भत्ता वा राज्य कोषबाट वा सरकारी सुविधा खादै सरकारको बिरोध गर्ने यिनको पनि ती सुबिधा खोस्न पर्ने हुदैन र?

१. विपक्षी दलका सांसद र सत्ताधारी सांसदहरूले सरकारको बिरोध गरिरहेका हुन्छन्, तिनको पनि तलब भत्ता सुविधा खोस्नुपर्यो।

२. राज्यको तर्फबाट वृद्ध, अपाङ्ग, विधुवा भत्ता खानेहरूले पनि राजनीतिमा लागेर सरकारको बिरोध गरिरहेका हुन्छन् तिनको पनि भत्ता रोक्नुपर्यो।

३. पदमा नभएका पूर्व प्रम, पूर्वराष्ट्रपति वा पूर्वमन्त्री वा न्यायाधीश, प्रन्धानयायाधीश, संवैधानिक पूर्वपदाधिकारीहरू जस्ता भीभीआईपीहरूले पनि सरकारी सुबिधा भत्ता लिदै सरकारको आलोचना गरिरहेका हुन्छन् , तिनको पनि फिर्ता लिनुपर्यो।

४. राज्य कोषबाट ज जसले भत्ता, ऋण वा सहुलियत पुरस्कार वा मान पदवी पाएका छन् तिनले सरकारको बिरोध गरेमा त्यो पनि खोस्नुपर्यो।

५. चरणबद्ध पेन्सनको सट्टा एकमुष्ठ लाखौं करोडौं रकम उपदान ( यो पनि एकमुण्ठ पेन्सन नै हो) लिएर रिटायर हुने सरकारी कर्मचारीहरूले सरकारको बिरोध गरेमा तिनको पनि उपदान फिर्ता हुनुपर्यो। त्यस्तै आफ्नै तलबबाट कटाएर योगदानमा आधारमा पाईने पेन्सन पनि रोक्ने भन्ने यस्तो कुबुद्धिको सोच कसरी जन्म्यो?

रिटायर्ड कर्मचारीले विश्वभरि जहा‘ पनि राजनीति गर्न पाउछन्। राजनीति गर्ने भनेको वैकल्पिक सरकार बनाउदै सत्तामा पुग्ने कर्म हो। राजनीति गर्ने भनेको सत्ताधारीहरूको उछित्तो काढ्ने र तिनको होस उडाउने हो, तिनलाई पाटीको बास गराउने हो। सरकार र सत्ताधारीको भन्दा उच्चस्तरको गुणस्तरीय शासन, प्रशासन दिदै जनताको प्रभावकारी सेवा दिने बाचा र कबोल गर्ने हो। सांसद, मन्त्री र प्रधानमन्त्री बनेर बिपक्ष दल र नेताहरूलाई कहिल्यै सत्तामा उक्लन नसक्ने गरी थलो पार्दै मुलुकलाई समुन्नत पार्ने जनतालाई खुशी समृ्द बनाउने हो।

राजनीति गर्ने भनेको के हो ? अहिलेका यी गवा‘र नेताहरूले चास्नीमा डुबेर मर्दै गरेको झिंगा जस्तै अझै केही बुझ्न सकेका देखिनन्न्। तिनका आजसम्मका दशकौंको राजनीतिक जीवन फजुल, फोकटिया भएको देखियो।रिटायर्ड कर्मचारी स्वतन्त्र नागरिक हुन्। कुनै फौजदारी अभियोग लागेर अदालतबाट प्रमाणित नभएसम्म रिटायर कर्मचारीलाई सरकारले कुनै कानुन बनाएर कुनै पनि बन्देज लगाउन संविधानले अनुमति दिदैन। त्यस्ता कानुनबिरूद्ध रिट परेमा बदरभागी हुन्छ।

बहालवाला सरकारी कर्मचारी नै अहिले विगत ३ दशक देखि खुलमखुल्ला राजनीतिक दलका सदस्य छन्, महासमिति सदस्य छन्, दलीय उम्मेदवारको चुनाव प्रचारमा सक्रिय संलग्न छन्, दलका झण्डा बोकिरहेका छन्, मन्त्रीलाई चोर औला ठड्याउदै धम्की दिन्छन्, ढोकामा चुकुल लगाएर मन्त्री, सचिव, हाकिमलाई कोठाभित्र थुन्छन्, मुखमा थुकिदिन्छु भनेर भने भन्दै सामान्य प्रशासन मन्त्रीनै गुनासो गर्दैछन्  सरकारले तिनको रौं हल्लाउन पनि सकेको छैन, न हल्लाउने अ‘ाट र चाहना छ। पूरै कर्मचारीतन्त्रलाई गर्नुसम्म राजनीतिकरण गरेर भा‘ड्ने यिनै दलहरूका बहुदलीय, बहुरूपीया नेताहरू हुन्।अनि अझै यिनै भन्छन्, रिटायर्ड कर्मचारीले सरकारको आलोचना गर्न पाउन्नन्, गरेमा पेन्सन रोक्छु! अरे बाबा! कसले सिकाउछ, अह्राउछ तिनलाई यस्तो कुबुद्धिका कुकृत्य गर्न हँ?

जुन विषय जुन सम्बन्धित ऐनमा हुनुपर्ने हो , त्यसमा नभएर अन्यत्र भयो भने त्यसको औचित्य नै हुदैन। निजामती सेवा ऐनमा अन्य सरकारी सेवा वा अन्य कर्मचारीको बारेमा वा संवैधानिक निकायहरूको पारिश्रमिक वा सुबिधा पाउने पदहरूको बारेमा सेवा सुबिधा शर्त राख्न वा प्रावधान लेख्न मिल्दैन । यदि लेखियो भने त्यो गैरनिजामतीका लागि प्रभावी हुन पनि सक्दैन। विधिशास्त्रको सामान्य कखग ज्ञान नभएका जनप्रतिनिधि वा सहयोगी बिज्ञ कर्मचारीहरूको मूर्खता देख्दा टिठ मात्र लाग्दैन कि, कस्ता कस्ता पटमूर्ख गवा‘र नेताहरूलाई चुनिएछ भनेर आफै मूर्ख भएको महसुस हुँदा लाजले भुतुक्कै पारेको छ।

प्रत्येक सरकारी सेवाका लागि निजामती सेवाजस्तै अलग्गै ऐनहरू हुन्छन्। निजामती ऐनले निजामती बहालवाला कर्मचारीलाई मात्र असर पार्न सक्छ, अन्य वा रिटायर्ड कर्मचारीका लागि हैन। त्यसो गर्नु छ भने अलग्गै ऐन हुन्छन् वा हुनुपर्छ वा छैन भने बनाईएको हुनुपर्छ, तत् तत् ऐन मात्र आकर्षित हुनेगर्छ। डेन्टिष्टको काम वा शर्त सिकर्मी ऐनमा गरे जस्तो गर्दै गरेको लाजमर्दो अवस्था अहिले देखिदै छ। एकजना पनि दिमाग सद्दे भएको विधायक जनप्रतिनिधि नेता अहिले नदेखिनु भनेको मुलुकी राजनीति मास पागलपनग्रस्त रोगी भएको हो।

सेवानिवृत्त कर्मचारीहरू वहालवाला कर्मचारी हैनन्। ती स्वतन्त्र सर्वसाधारण जनता मात्र हुन्। नेताहरू मूर्ख हुनाले यसलाई बुझ्न सकिरहेका हुदैनन्। पेन्सन, रिटायरमेन्ट भनेकै नबुझ्नु नेताहरू मूर्ख रहेछन् भन्ने सटिक प्रमाण हुन्छ। त्यस्ता नेताहरूले कसैबाट पनि सम्मान र श्रद्धा पाउन सक्दैनन्।

(उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन् । )

Sharing is caring!

5 COMMENTS

  1. हामी नेपाली सेना प्रहरी अाफ्नाे घर परिवारलाई छाेडेर 11 महिना ब्यारेकमा अनि 1 महिना घर याे कस्तो बिडम्बना?खाउँ खाउँ र लाउँ लाउँ काे याे कलिलाे उमेर ,,उमेर हँुदा सधैं जेल भित्रीकाे कैदी ,किन कि ब्यारेक पनि एउटा सुधारीयकाे जेल नै हाे । त्यैपनि 21 बर्षमा जागिर खाँदा 37बर्षमा पेन्सन पाक्थ्याे भने अब 4बर्ष थप्दा 41 बर्षपुरा पुग्छ अनि याे 41काे उमेरमा मर्न र बाैलाउन कुन खाँडिमा कहाँ जाने ? प्रहरी तथा सैनिक नियमावली मा उल्लेखित नियमावलि अनुसार भन्ने हाे भने हामिले १६ बर्ष जागिर अबधि पुुरा पुगेपछि पेन्सन पाउने उल्लेख छ ।तर हाल अायर अाफुखुसि नियमावलि परिवर्तन गरि २०६० साल पश्चात् सेना प्रहरी मा जागिर खानेले २० बर्ष सेवा गरे पश्चात् मात्र पेन्सन पाउने रे।किन याे अन्याय र विभेद पुर्ण निरणय भयन र?हामी ब्यारेक भित्र २० बर्ष कदापि बस्न सक्दैनाै।डिप्रेशनकाे सिकार हुदैछाैँ। रहरले हैन बाध्यताले जागिर छाेड्दै छाै।अरकाे कुरा सेनाले प्रहरीले पेन्सन पछि कतै नजानलाइ यहाँको तलबले र पेन्सन ले पुग्दैन lनेपाल सरकारले नेपाली सेना तथा प्रहरी लाइ हाल उपलब्ध गराउदै अायकाे तलबभत्ताले त
    हाम्रो घर वा भबिस्यकाे जग बसाल्न नि हम्मेहम्मे पर्छ भने बाँकी छानाेहाल्नेकाम वा भविष्यकाे अाधार निर्माणकार्य त पाखुरामा बल र उमेर छउन्जेल खाडीमा गयर हुन्छ कि मजदुरि गरेर हुन्छ गर्नैपर्छ ।किनकी जागिर खाँदैकाे त कुरै छाेडाैँ पेन्सन पछि पनि हामिले बुढाेहाड खियाउनै पर्छ।बसेर हामीलाई खान पुग्दैन। त्यसकारण स्वच्छिक अवकासकाे अबधि अन्यदर्जालाई 20बर्षमा नभइ 16मा हुनुपर्छ ।इच्छा लाग्नेहरु 20नभइ 25वा 30नै खाउन,खायका छन।तर स्वच्छिक अबकाश अन्यदर्जालाई 16बर्ष नै हुनुपर्छ । र अन्तयमा के भन्न चाहन्छाैँ भने याे अावाज एक जना सिपाहिकाे नभई सेना प्रहरीका लाखाैँ अन्य दर्जाहरुकाे हाे।लाखाैँ सेना प्रहरी काे अावाज भनेकाे कराेडाैँ हामिहरु प्रति अाश्रीत हाम्रा परिवारकाे हाे ।

  2. ठिक हो सर तर के साच्चै जिम्मेवारी पुर्न भयर बफादारि का साथ काम गरेका छन र कर्मचारी ले बाटोमा हिड्ने नागरिक लाई सोध्नोस कर्मचारी को काम तपाईं लाई कस्तो लाग्छ भनेर?के जवाफ आउँछ!अनि जवानी मा भ्रष्टाचार गर्ने बुढेउलिमा पेन्सन दिने? म दावाका साथ भन्छु भौतिक निर्माण र भन्सार नापी अदालत जस्ता निकाय मा काम गर्ने कर्मचारी बिना घुस बाचेका छैनन।

  3. सहि बिचार पाेख्नु भयाे सरले यस्तै हामी चुनेर पठाएका छाै ंं के गर्नु म पनि भु.पु. नै भएकाेले मतदान गर्दा उत्साहित हुन्छु,अनि मत दिई सके पछी अाफुले अाफैलाई मुर्ख ठान्ने गरेकाे छु,अब अर्काे चुनाव देखि चैंं राम्रैसंग साेंच्ने प्रण गरेकाे छु हजुर।

  4. Desh ma lok tantra aayako xa j garene hunxa jasta niyam banauna pane mildo raixa yar xakka parxu ma ta yo nepal sarkar dekhe

LEAVE A REPLY