भुसाल सम्पर्क समाज नेपालको साधारण सभा सम्बन्धी सूचना

Sharing is caring!

धनञ्जय गोत्रीय भुसाल बन्धुहरूको संस्था भुसाल सम्पर्क समाज नेपालको नवौँ साधारण सभा तथा विभिन्न क्षेत्रमा क्रियाशील भुसाल बन्धुहरू (जेष्ठ नागरिक ८० वर्षमाथि, सरकारी संघसंस्थाको सेवामा सहसचिव वा सो सरहको पद र सो भन्दा माथिको पदमा कार्यरत कर्मचारी, विद्यावारिधी प्राप्त व्यक्ति, राजनीति, न्याय तथा कानून, सूचना सञ्चार, शिक्षा, कला, संस्कृति, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्ति, एसईईमा ब्ं प्राप्त गर्ने विद्यार्थी, स्वर्णपदक एवं नेपाल सरकारबाट अन्य विभिन्न पदक प्राप्त व्यक्ति एवं संस्थालाई रु. २५,०००।– भन्दा बढी सहयोग गर्ने व्यक्तिहरू) लाई सम्मान गर्ने कार्यक्रम रहेको हुँदा त्यस्ता व्यक्तिहरूको नाम समाजलाई उपलब्ध गराउन एवं साधारण सभा एवं सम्मान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने हुँदा सम्पूर्ण बन्धुहरूलाई उपस्थितिको लागि सादर अनुरोध गरिन्छ । वंशाबलीको काम भइरहेको हुँदा वंशाबलीमा नजोडिनुभएका भुसाल बन्धुहरूलाई सम्पर्क गर्न समेत अनुरोध गरिन्छ ।

स्थान: ॐ भुवनेश्वरी मन्दिर प्राङ्गण, बासुकीचौर, बल्खु, काठमाडौँ ।
मिति: २०७६ मङ्सिर १४ गते शनिबार
समय: दिनको १२ः३० बजे

भुसाल सम्पर्क समाज नेपाल, काठमाडौँ ।
सम्पर्कको लागि : ९८४१२४९५७१, ९८५१०२६५३६, ९८५१०७२२२६, ९८४१३७६९६०

थप विवरण न्यूजका लागि

समाजका अध्यक्ष प्रकाशमणी शर्मा भुसाल
महासचिव कमला भुसाल
सचिव झविन्द्र भुसाल

साधारण सभाको तयारीको लागि प्रचार प्रसार, सम्मान व्यवस्थापन, सदस्यता नविकरण तथा व्यवस्थापनसहित विभिन्न तयारी उपसमिति समेत गठन गरिएको छ । २०७३ सालमा आठौं साधारण सभा सम्पन्न गरेको यो समाजले प्रत्येक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील भुसाल बन्धुहरुलाई सम्मान गर्दै आएको छ । भुसाल बन्धुहरुलाई गोलबन्द गर्ने, वंशाबली तयार गर्ने, बन्धुहरुको हीतमा विभिन्न कार्यक्रम गर्ने, सामाजिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यका साथ यो समाजको स्थापना भई सञ्चालनमा रहेको छ । २०५४ सालमा स्थापना भएको यो समाजको संस्थापक अध्यक्ष पूर्वसचिव श्री युवराज भुसाल रहनु भएको थियो ।

Sharing is caring!

LEAVE A REPLY