अनियमितता अनुसन्धान गर्न नेपाली सेनामा सेल

Sharing is caring!

नेपाली सेनाले संगठनभित्र हुने अनियमितता अनुसन्धान गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा ‘ओभरसाइट सेल’ गठन गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले खरिद, निर्माण, आन्तरिक व्यवस्थापन तथा बन्दोबस्ती र नीति निर्देशन पालनामा हुने गरेका अनियमितता छानबिन गर्न सेल गठन गरेका हुन् ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेलले तत्कालका लागि सैनिक मुख्यालयअन्तर्गतका विभिन्न कार्यालयमा गतवर्ष विनियोजित बजेट सही क्रममा प्रयोग भए नभएको बारे अनुगमन गर्नेछ । कान्तिपुर दैनिकमा खबर छ ।

Sharing is caring!

LEAVE A REPLY