पत्याउनुहुन्छ :- यी हुन एक दिनमै ५७ हजारसम्म कमाउने कुशल बैंकर

अनुमान गर्नुहोस त नेपालमा जागिर खानेले दैनिक कतिसम्म आम्दानी गर्लान् ? १ हजार,दुई हजार,५ हजार ? तर नेपालका एक बैंकरले एक दिनमै झण्डै ५७ हजार तलब बुझ्छन भन्दा तपाईलाई पत्यार नलाग्ला ।
तर एनआरएनएहरुको लगानी रहेको सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको दैनिक आम्दानी झण्डै ५७ हजारभन्दा माथि रहेको भेटिन्छ । बैंकले सार्वजानिक गरेको १५ बार्षिक प्रतिवेदन हेर्दा त्यहाँ प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता वापत बार्षिक २ करोड ८ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ ।

आर्थिक बर्ष ०१८ /०१९ को प्रतिवेदनलाई केलाँउदा बैंकले कर्मचारीहरुको तलबभत्ता, बोनस र अन्य सुविधा गरी गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ९७ लाख ६७ हजार ७ सय ३५ रुपैयाँ खर्च गरेको छ । सो बैंकमा बैंकमा गत असार मसान्तसम्ममा ९ सय ६२ जना कर्मचारी कार्यरत रहेका छन् ।


अव दाहालले गत आर्थिक वर्षमा तलबभत्ता र सेवा सुविधा गरी बैंकबाट २ करोड ८ लाख ३९ हजार रुपैयाँ लिएका थिए । उक्त रकमलाई मासिक रुपमा हिसाव गर्दा १७ लाख ३६ हजार ५ सय ८३ र दैनिक रुपमा हेर्दा ५७ हजार ९३ रुपैयाँ हुन आउँछ । आयबापत गत वर्ष राज्यलाई ३६ प्रतिशत कर तिरेका सीइओ दाहालले सरकारलाई गतवर्ष ७० लाख रुपैयाँ कर तिरेका छन ।

LEAVE A REPLY