कहाँबाट थुप्रियो निलम्बित डेपुटी गर्भनरसँग १० करोडमाथिको सम्पत्ति ?

४३ लाखको सुन,५० लाखको चादी

एउटा मामुली कर्मचारीले पदमा रहँदा कसरी अकुत आर्जन गर्दा रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन डेपुटी गभर्नर शिवराज श्रेष्ठ । जो हालै मात्र निलम्बनमा परेका छन् । जो पदमा रहँदा झण्डै १० करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ । उनी पदमा रहँदा एनसेल लाभांश प्रकरण, विवादस्पद व्यवसायी अजेयराज सुमार्गीको पैसा नेपाल भित्राउन सहयोग गरेको,सम्पति शुद्धिकरणमा सघाएको लगायतको चार्ज लगाइएको छ । यस्तै गलत हर्कत गरेर उनले पदमा रहँदा काठमाडौंमा तीन स्थानमा घर र घडेरी जोडेको भेटिन्छ । उनको बनस्थली र टोखामा मात्र दुई दुई वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

श्रेष्ठले अवैद्य तरिकाले आर्जन गरेको सम्पत्ति वैद्य बनाउनका लागि श्रीमती,छोरा र बाउ तथा साला सालीको नाममा समेत खाता खोली राखेको भेटिन्छ । उनले पदमा रहँदै श्रीमतीको नाममा टोखामा ४० लाखभन्दा बढी रकम खर्चेर अर्काे घडेरी जोहो गरेको भेटिएको छ । उनलाई पूर्व अर्थमन्त्री रामशरण महतले डेपुटी गभर्नर बनाएका थिए । जतिखेर उनी डेपुटी थिए सो समयमा राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरण अनुसार उर्नीसँग दुईवटा अढाई तलाको घर,विभिन्न बैंक तथा वित्त संस्थामा वुवा,आफ्ना छोरा,श्रीमती,नातेदारको नाममा विभिन्न बैंकमा करोडौंको शेयर रहेको भेटिएको छ । उनले नेपाल राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरण अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा ६५ हजार ८३५ कित्ता सेयर रहेको छ ।

४० लाख बराबरको बचतपत्रमा समेत लगानी रहेको विवरणमा उल्लेख छ । विवरण अनुसार सम्पत्तिको रुपमा बालाजुमा एउटा घर रहेको उल्लेख गरिएको छ । यस्तै नगरपालिका १० मा १९२ दशमलव ६० बर्गमिटरमा बनेको अढाई तले घर,उनको श्रीमतीको नामममा टोखा नगरपालिकामा जग्गा रहेको विवरण उनले राष्ट्र बैंकलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।उनको परिवारसँग ६० तोला सुन तथा ६०० तोला चाँदीको गहना रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा २ करोड रुपैयाँ बचत रहेको विवरणमा देखिन्छ । श्रेष्ठ, उनकी श्रीमती र छोराहरुसंँग गरी करिब १० करोड बराबरको सम्पती रहेको तथ्य फेला परेको हो ।

उक्त सम्पत्ति २०७२ चैतमा श्रेष्ठले बुझाएको सम्पत्ति विवरण फारमा उल्लेख भएअनुसारको हो । विवरणका अनुसार श्रेष्ठसंग १४.०२ आना जग्गा रहको छ । टोखामा रहेको उक्त जग्गाको प्रति आना २० लाख मात्रका दरले हिसाब गर्दा पनि हाल करिब रु.२ करोड ८० लाख ४० हजार पर्छ ।सो मध्ये ६ आनामा उनको घर पनि रहेको छ । श्रेष्ठले बुझाएको सम्पत्ति विवरण अनुसार उनिसँग ६० तोला सुन र ६ सय तोला चाँदी छ ।सुन अहिले तोलामा ७० हजार ७ सय हाराहारमिा कारोवार भइरहेको छ ।

यो हिसाब गर्दा श्रेष्ठसँग रु. ४३ लाख सुन मौजाद देखिन्छ ।चाँदी झण्डै ९ सय रुपैंया तोला छ । उनीसँग चाँदी मात्र अहिलेको बजार मूल्य अनुसार ५० लाख ७ हजार बराबरको चाँदी रहेको छ । श्रेष्ठले शेयरमा पनि लगानी गरेका छन । श्रेष्ठ, उनकी श्रीमती र दुई छोराहरुको नाममा बैंक तथा वित्तिय संस्थामा रु. ५५ लाख ९१ हजार ४ सय बराबरको ५५ हजार ९ सय १४ कित्ता शेयर छ । त्यस्तै नागरिक बचतपत्रमा रु. ३५ लाख बराबरको १० कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । श्रेष्ठले सवारी साधनको रुपमा हिरो होण्डा मोटर बाईक मात्रै रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन । जसको खरिद मुल्य रु ८५ हजार रहेको छ । त्यस्तै डेक्सटप, सोनी साधारण टेलिभिजन, सोनी लिड टेलिभिजन, सोनी मुभि क्यामेरा र सोनी डिजिटल क्यामेरा गरि १ लाख ४० हजारको उनकोे सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।श्रेष्ठको सम्पत्ति विवरण अनुसार उनीसँग करिब १० करोड माथि  सम्पत्ति रहेको देखिन्छ । यो विवरण २०७२ फागुन १९ मा डेपुटी गभर्नर हुँदा बुझाइएको हो । यो बीचका ४ बर्षमा अझं कति सम्पत्ति थपियो । त्यो अर्काे खोजबिनकै बिषय हो । एउटा मामुली कर्मचारीले पदमा रहँदा कसरीसम्म कमाउदो रहेछ भन्ने यो त एउटा सानो उदाहरण मात्र हो । खोज्ने हो भने सरकारी जागिर खाने यस्ता भ्रष्ट मति भएका शिवराज श्रेष्ठ धेरै भेटिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here