प्रधानमन्त्री ७७ वटै जिल्लाका हुन कि झापाका मात्रै ?

Sharing is caring!

दुई प्रतिशत मुलुकको जनसंख्या ओगटेको छ भापा जिल्लाले । तर झापाका केपी ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछियताका २१ महिनाका उच्चस्तरीय राजनीतिक नियुक्ति केलाउने हो भने झापालीले करिब एक चौथाई स्थान ओगटेका छन् । यो अवधिमा राजनीतिक नियुक्ति पाउने झापालीमध्ये धेरैजसो प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका मतदाता छन् ।
तथ्याङगत रुपमै हेर्ने हो भने पनि नियक्तिको २२ दशमलव चार प्रतिशत हिस्सा झापालीको छ ।
त्यसमा पनि राजनीतिक नियुक्तिको सुविधा पाउने अधिकांश झापाको दमद र गौरादहवासी देखिएका छन् । मुलुकमा पाँडे तथा थापाहरुले रजाँई गर्दाको बेला तथा राणा शासनको बेलामा बाहेक राजनीतिक नियुत्तिमा यो ढंगको पजनी नभएको अध्येताहरु बताँउन्छन ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको घर झापाको दमक हो । दमक र गौरादह नगरपालिका तथा कमल र गैरीगञ्ज गाँउपालिका उनको निर्वाचन क्षेत्रमा पर्छ ।
ओली पजनी पाउनेमा अर्थमन्त्री डा युवराज खतिवडा गौरादह नगरपालिका ९ बैगुनधुराका हुन ।

Sharing is caring!

LEAVE A REPLY