फाल्गुनन्द जन्मोत्सवमा सार्वजनिक विदा यस्तो छ उनको जीवनी

Sharing is caring!

फाल्गुनन्द लिङदेनको १३५औं जन्मोत्सवमा पाँचथर, इलाम र ताप्लेजुङका स्थानीय सरकारले सार्वजनिक विदा दिएको छ ।

पाँचथरका आठै स्थानीय सरकारले जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ भने इलाम र ताप्लेजुङका केही स्थानीय सरकारले सार्वजनिक विदा दिएको छ ।

किराँत समुदाय जोडिएका फाल्गुनन्दको जन्मोत्सव पूर्वी नेपाल बाहेक छिमेक भारतमा समेत मनाइने गरेको छ ।

समाज सुधारकका रुपमा व्याख्या गरिने फाल्गुनन्दलाई सरकारले १६औं राष्ट्रिय विभुति घोषणा गरेको छ । महागुरु फाल्गुनन्दलाई बि।स। २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरियो । यस्तो छ उनको जीवनी
फाल्गुनन्दको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बु थिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लाई एको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो।

आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त गर्नुभएका फाल्गुनन्द लिङदेनले सेनामा रहदा पनि सांझ बिहान पूजा पाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो। लडाईबाट बिश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ज्ञान तथा समस्त किंराती जातीहरूका मौलिक धर्म संस्कृतिको प्रचार गर्दै उनी भारतका बिभिन्न भाग लगायत भुटान हुदै पुर्बी नेपालको ईलाम आफ्नो जन्मस्थल आइपुगे।

आफ्नो गाँउ,ठाँउ आफ्नो जात तथा विशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाक २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजीक लेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुने र आ आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, बनाईयो र करीब हजारौका संख्यामा उपस्थितहरूले आ(आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन बांधेर छुट्टिए।

फाल्गुनन्नदले धर्म प्रचार प्रसार वा साँझ बिहान आ आफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ गर्ने र सामुहीकरूपमा पनि ‘माङ सेवा’ गर्नका लागि मेची र कोशी अञ्चलका बिभिन्न स्थानमा ७ वटा माङहिम (मन्दिर) बनाएका छन। र उनले कुम्भकर्ण हिमाललाई किँरातीहरूका पबित्र धार्मिक तथा तिर्थ स्थल मान्दै त्याँहा पनि एक ‘माङहिम’ बनाए। र उक्त कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजनहरू ‘माङसेवा’को लागि जाने क्रम दिनानुदिन बृद्धि भइरहेको छ।

फाल्गुनन्दले यसरी ‘सत्यहाङमा मुचुल्का’ मात्र बनाएनन् समय समयमा लिम्बुबान क्षेत्रका हरेक गाँउ,गाऊँमा निरिक्षण पनि गर्दै रहे, त्यसैक्रममा उनी पटक पटक आफ्ना चेला भुलाहरूसगं कुम्भकर्णका फेदीसम्म पनि पुगेका छन् र जंहा महिनौ दिन सम्म ध्यान तपस्या पनि गरेका छन्।

यसरी धर्म प्रचार तथा मौलिक्ताको पहिचान गराउदै हिड्दा तत्कालीन राणा सरकारले यसले राजनीति गरी राणा शासनको बिरोधमा जन्ताहरूलाई जागरुक तुल्याउदै छ कि भन्ने आशंकामा राणा शासकका तत्कालिन धनकुटा जिल्लाका बडा हाकिमको निर्देशनमा उनलाई काठमाण्डौमा पुर्याई सोधपुछ पनि गरिएको थियो।

त्यसैले आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, अन्नबाली होस, चाहे जस्तो सुकै खाने कुरा पनि ‘हिम साम्माङ’, ‘युमासाम्माङ’लाई नचढाइ खानु हुन्न, ‘हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउदा उनी खुशी हुदैनन् त्यसैले पशुबली नगर्नु, त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउने फाल्गुनन्नदलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योती अनि तत्कालिन सामाजिक अर्थ ब्यावस्थालाई राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजका लागि ब्यावहारीक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थबिदको रूपमा पनि लिन सकिन्छ। दोस्रो बिश्वयुद्धमा तत्कालिन ब्रिटिश साम्रज्यका सिपाहीका रूपमा भारत लगायत बर्मामा लडाई लड्दा लड्दै यो लडाईबाट बिश्वमा शान्ती स्थापना गर्न नसकिने यसले झनै रक्तपात, हत्या र हिंसामात्र निम्त्याउने वास्तबिक शान्ति भनेको शिक्षा,ध् यान, तप र धर्म तथा मौलिक्ताको पहिचान भएमा मात्र आउछ भन्ने कुराको ज्ञान उनले बाँडेका थिए। महागुरु फाल्गुनन्दले पाँचथर जिल्लामा गरेको धार्मिक भेलामा जम्मा भएका मानिसहरुलाई विभिन्न शुझाभहरू दिए । ती मध्ये केहि निम्न छन् ः

युमाठेवाको आराधना गर्ने,
श्रीजंगा लिपिमा अध्ययन गराउने,
नैवेध तथा फूलपातिबाट पूजापाठ गर्ने,
माङहिङ निर्माण गर्ने,
मादक पदार्थ सेवन नगर्ने,
छोराको बिहेमा दाम नलिने,
स्वदेशी कपडा लगाउने,
छोरा र छोरीलाई समान शिक्षा दिने,
मृतात्मालाई अदुवा, चामल तथा फलफुल चढाउने

Sharing is caring!

LEAVE A REPLY