सेनाले लियो सिमा सुरक्षाको चाँसो

Sharing is caring!

भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे नेपाली सेनाको नियमित बैठकमा सिमाबारे गम्भिर छलफल भएको छ । उक्त जंगी अड्डामा भएको छलफलमा रक्षामन्त्रीदेखि प्रधानमन्त्रीसम्म उपस्थित भएका थिए ।

तीनै सुरक्षा निकायका प्रमुखहरुसहितको छलफलका क्रममा प्रधानसेनापती पूर्णचन्द्र थापाले नेपाली भूभागरहेका भारतीय सेनालाई फिर्ता पठाउनेदेखि अन्य सिमाक्षेत्रहरुको सुरक्षा विषयमा कुरा उठाएका थिए ।

सीमा विवादबारे दुई साताभित्र नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक हुने भएको छ । आइतबार कूटनीतिक तवरबाट थालिएको अनौपचारिक छलफल सोमबार औपचारिक वार्ताको मिति गर्नेछ । त्यसैगरी सीमा सुरक्षाको जिम्मेवारी पाएको प्रहरी र भारतीय सीमा सुरक्षा बल ९एसएसबी० बीच मंसिर ४ देखि ६ सम्म काठमाडौंमा द्विपक्षीय छलफल हुने भएको छ।

Sharing is caring!

LEAVE A REPLY