बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

बाराको पथलैयामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका–४ बस्ने उदयराज सापकोटाको ज्यान गएको हो। दुर्घटनामा परि मोटरसाइकलमा सवार उनकी श्रमती दुर्गा सापकोटा गम्भिर घाईते भएकी छन्।

वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ ख २०२ नम्बरको बसले विपरित दिशाबाट आइरहेको सापकोटा दम्पति सवार ना ५५ प ६४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। बसको ठक्करबाट उदयराजको घटनास्थलमै ज्यान गएको बारा प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी सापकोटाको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको पुरीले बताए। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY