१६ करोड ठगी अभियोग लागेका मन्त्री रावलले दिए राजीनामा

Sharing is caring!

१६ करोड ठगीको आरोप लागेका सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । उनले आजै मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामाको पत्र दिएका हुन् । भट्टमाथि ठगी तथा किर्ते गरेको अभियोगमा उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको छ । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् । मन्त्री रावलसहित ३६ जनाविरूद्ध गत साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरूले कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको आरोप छ ।कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिए ।

Sharing is caring!

LEAVE A REPLY