प्रधानमन्त्रीको सचिवालयका सबै सदस्यले दिने भए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिने भएका छन् ।

सचिवालय सदस्यहरुले आगामी मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागेको सचिवालय स्रोतले बताएको छ । सचिवालयका एक सदस्यले भने, ‘मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको हो ।’

सरकारको काम कारबाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज वातावरण बनाउन सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको श्रोतको दाबी छ ।

मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् । ‘भोलि आवश्यक परेकालाई प्रधानमन्त्रीले फेरि बोलाउन पनि सक्नुहुन्छ’ एक सदस्यले भने, ‘तर अहिले सबैले राजीनामा दिन्छौं ।’

LEAVE A REPLY