राष्ट्रपति विद्यादेवीको निमन्त्रणमा बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउने

Sharing is caring!

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने भएका छन् । राष्ट्रपति अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चारदिवसीय सद्भावना भ्रमणमा आउन लागेका हुन्।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणकाक्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनको प्रतिनिधिमन्डलको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन् ।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् ।

नेपाल बसाइँका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् ।

Sharing is caring!

LEAVE A REPLY