सीमा विवादबारे बालुवाटारमा सर्वपक्षिय छलफल : ओली, देउवा, दाहाल र पौडेल हिँड्दै बैठक कक्ष पुगे

Sharing is caring!

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीमा विवादबारे सर्वपक्षीय छलफल सुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा प्रमुख दलका प्रायः शीर्ष नेता सबै उपस्थिति छ ।

शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी छन्।

यसरी हिँडेर आउनेमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, रमेश लेखकलगायत छन् ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि प्रधानमन्त्रीले यस विषयमा सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, दलका प्रतिनिधिहरुका साथै सीमा विज्ञहरुलाई पनि बोलाइएको छ ।

Sharing is caring!

LEAVE A REPLY