आगामी बुधबार ३ सय ५० अधिकृत लागि विज्ञापन खोल्ने लोकसेवाको तयारी

Sharing is caring!

लोकसेवा आयोगले बार्षिक कार्यतालिका अनुसार आगामी बुधबार ३ सय ५० अधिकृत तहको विज्ञत्रापन गर्ने भएको छ । बार्षिक कार्यतालिका अनुसार कार्तिक अन्तिम बुधबार प्राविधिक तहको विज्ञापन गर्ने र मंसिर अन्तिम बुधबार अप्रावधिक तहको विज्ञापन गर्ने कार्यतालिकामा उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १४ कार्तिकमा मन्त्रालय, आयोग र अन्तरगतका निकायहरलाई रिक्त अधिकृतको दरबन्दी माग गरेको थियो । मन्त्रालयको अनुसार यो बीचमा झण्डै ३ सय ५० प्राविधिकहरुको विवरण संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । मन्त्रालयले आइत वा सोमबार भित्रैमा लोकसेवा आयोगमा प्राविधिक सेवा अन्तरगत मात्र करिब ३ सय ५० अधिकृत माग गर्दै लोक सेवा आयोगमा विवरण पठाउने तयारी गरेको छ । मनत्रलयले आइत्बार यो विवरण पठाएसँगै आगामी बुधबार आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार प्राविधिक तर्फको अधिकृतका लागि विज्ञापन गर्नेछ ।

Sharing is caring!

LEAVE A REPLY