आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा देउसी–भैलो

Sharing is caring!

तिहारमा खेलिने देउसी भैलो हरिबोधिनी एकादशीको अवसर पारेर आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा खेलिएको छ । देउसी–भैलो खेल्न युवा, बालबालिकामात्रै होइन, पाका उमेरका व्यक्ति पनि आएका छन् ।

नाचगानका साथ उनीहरुले निकै रमाइलोसित देउसी–भैलो खेलिरहेका छन् ।
गएको तिहारमा यहाँ देउसी–भैलो विगतको तुलनामा कमै देखिएको थियो । आज देउसी–भैलो खेल्न गाउँ–गाउँबाट स्थानीय आएका छन् । आज सदरमुकाममा खेलिएको देउसी–भैलोले धेरैलाई आकर्षित गरेको छ । दर्शकको घुइँचो लागेको छ । योपटक मौलिक देउसी–भैलोलाई विशेष जोड दिइएको छ ।
आज यहाँ देउसी–भैलो खेल्न कपिलवस्तु र दाङबाट पनि एक एकओटा समूह आएका छन् ।अर्घाखाँचीमा हरिबोधिनी एकादशीमा देउसी–भैलो खेलिनु परम्परा नै हो । यहाँ विगतदेखि नै यसदिन देउसी–भैलो खेल्ने गरिन्छ । तिहारमा गाउँ–गाउँमा देउसी–भैलो खेलेकाहरु यसदिन सदरमुकाम आएर देउसी–भैलो खेल्छन् ।

Sharing is caring!

LEAVE A REPLY