इरानमा भूकम्प गएपछि ५ जनाको मृत्यु, १२० जना घाइते

Sharing is caring!

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५।९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु हाशत्रुद शहरबाट ५७ किलोमिटर पर छ । भूकम्प शुक्रवार बिहान २ः१७ मा गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्प १० किलोमिटरमुनिबाट शुरू भएको हो ।

भूकम्पका कारण उक्त क्षेत्रका तीन साना गाउँहरू क्षतिग्रस्त भएका छन् । आपतकालीन टोलीहरू उद्धारमा खटिएको र रेडक्रसका टोलीहरू पनि पठाइएको फार्स समाचार संस्थाले जनायो ।

इरान अरबी र युरेसियाली प्लेटबीचको फल्टलाइनमा पर्ने भएकाले त्यहाँ भूकम्पहरू आइरहन्छन् । पोहोर साल आएको भूकम्पमा कम्तीमा ३६१ जनाको मृत्यु भएको थियो ।

Sharing is caring!

LEAVE A REPLY