निजामती सेवामा महिला प्रवेश बढ्यो

Sharing is caring!

पछिल्लो समय नेपालको निजामती सेवामा महिला सहभागी ह्वात्तै बढ्न थालेको छ । पछिल्लो दश बर्षको तथ्यांक केलाउँदा निजामती सेवामा महिलाको उपस्थिती बढ्दै गएको हो । ६४ सालमा नयाँ संविधान जारी भएसँगै समावेशिता अवधारण लागू गरियो । समावेशिता लागू भए यताकोृ दश बर्षमा निजामती सेवामा प्रवेश गर्ने महिलाको संख्या बढ्दै गएको तथ्यांक देख्न पाइन्छ ।


आयोगले हालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा उल्लेख भए अनुसार स्थायी निजामती सेवामा महिलाको प्रवेश बढ्दै गएको पाइएको छ ।समावेशीता लागू भएपछि ६६ /६७ मा ३ लाख ४ सय ६३ जनाले लोक सेवा परिक्षाका लागि दरखास्त दिएकोमा झण्डै ५० प्रतिशत महिलाको आवेदन परेको थियो । सो समयमा १ लाख ३९ हजार ९ सय ६३ जना महिलाले दरखास्त दिएका थिए । यस्तै २०७१/ ७२ कुल ५ लाख ९९ हजार ६ सय ६८ जनाको दरखास्त आवेदन गरे । जसमा दरखास्त दिने महिलाको संख्या ६० प्रतिशतभन्दा बढी थियो । सो समयमा ३ लाख ६० हजार ५ सय ६ जना महिलाले दरखास्त दिएका थिए ।आर्थिक बर्ष ०७२/७३ मा ३ लाख १८ हजार महिलाको दरखास्त परेको थियो ।पुरुषतर्फ २ लाख ७५ हजारले मात्र दरखास्त दिएका थिए । आर्थिक बर्ष ०७३/ ०७४ मा दरखास्त दिने महिलाको संख्या ३ लाख ८२ हजार पुग्यो । गत आर्थिक बर्षमा सुरक्षा निकाय तथा सङ्गठित संस्थाका तर्फबाट भएको विज्ञापनबाट ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुषले आवेदन दिएको लोकसेवा अयोगले हालै तयार पारेको प्रतिवेदनमा जनाइएको छ ।

Sharing is caring!

LEAVE A REPLY