वन कार्यालयको मोटरसाइकलमा लागुऔषध ओसारपसार, अधिकृतका छोरा पक्राउ

Sharing is caring!

सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरि अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं. ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालिका– २ राजदेब टोलका २६ वर्षिय कपिल यादबलाई प्रहरीले पक्राउ गरेको हो ।

कपिल डिभिजन वन कार्यालय उदयपुरका अधिकृत सत्यनारायण यादवका छोरा हुन् । उनले जोगवनीबाट लागुऔषध ओसार्न प्रयोग गरेको वन कार्यालय उदयपुरको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकललाई पनि प्रहरीले विराटनगर भन्सार कार्यालयको १ नम्बार ढाटबाट नियन्त्रणमा लिएको छ ।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा वन अधिकृतका छोरा लागुऔषधसहित पक्राउ परेपछि प्रहरीले भने यस घटनालाई गोप्य राख्ने प्रयास गरेको थियो । ुसरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा वन अधिकृतका छोरा पक्राउ परेका हुन्,ु मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले भने, ुप्रारम्भिक अनुसन्धानबाट केही समयदेखि यही मोटरसाइकल नेपाल(भारत गर्ने गरेको पनि खुलेको छ ।ु

उनकाअनुसार कानुनद्वारा बर्जित लागुऔषध सरकारी मोटरसाइकलमा नेपालतर्फ ुसप्लाईु भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले कपिललाई पक्राउ गरेर कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको हो ।

Sharing is caring!

LEAVE A REPLY