प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

Sharing is caring!

काठमाडौं महानगरपालिका २६ ठमेलस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने उदयपुर त्रियुगा नगरपालिका ३ घर भएका २९ वर्षीय देवकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा उनलाई प्रहरीले फेला पारी कारवाही गर्ने क्रममा चालक राईले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद सहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY