प्रधानमन्त्री ओली केही दिन बालुवाटारमा आराम गर्ने

Sharing is caring!

एक साताअघि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा पुगेर दुई पटक हेमोडायलासिस गराईसकेका प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन बालुवाटारमा आराम गर्ने भएका छन् । उनको मृगौलामा पछिल्लो समय लगातार समस्या देखिएको छ। १२ वर्षअघि ओलीले मृगौला प्रत्यारोपण गराएका थिए ।

चिकित्सकहरुले धेरै धपेडी नगर्न सुझाव दिएपछि ओलीले दैनिक कार्यपनि अहिले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । यो बीचमा उनले पार्टीको सचिवालय बैठक दुई पटक र मन्त्रिपरिषद बैठक पनि दुई पटक नै राखिसकेका छन् ।

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालकाअनुसार अझै केही दिन प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा भाग लिन नजाने मनस्थितिमा छन् । पार्टी सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय लिन परे उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमै बोलाएर छलफल गर्ने गरेका छन् । त्यस्तै, नेकपाका अरु नेताहरुसँग पनि उनले भेटवार्ता गरिरहेका छन् ।

Sharing is caring!

LEAVE A REPLY