उपसचिवको जागिर त्यागेर उपनिर्वाचनमा होमिए कमलजंग कुँवर

यही १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उपसचिवको पद त्यागेर चुनावी मैदानमा होमिएका छन् । अत्यन्त महत्व बोकेको र चासोका साथ हेरिएको क्षेत्र हो कास्की २ । जहाँ पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारी हवाई दूर्घटनामा परी ज्यान गुमाएपछि सो क्षेत्रमा निर्वाचन हुँदैछ । त्यहाँ नेकपाबाट स्वर्गीय रविन्द्र अधिकारीको पत्नी विद्या भट्टराई उम्मेदवार बनेकी छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङ उम्मेद्धार बन्न नमाने पछि त्यहाँ ७० बर्ष कटेका व्यक्तिलाई कांग्रेसले उम्मेद्धार बनाएको छ । कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । यस्तै त्यहाँ साझा पार्टीले रजनी केसीलाई मैदानमा उतारेको छ । यस्तै विवेकशसिल नेपाली दलले जमुना शर्मालाई उतारेको छ ।

त्यस्तै एक जना स्वतन्त्र उम्मेद्धार पनि मैदानमा उत्रिएका छन् कमलजंग कुँवर। उनी नेपाल सरकारका उपसचिव हुन् ।चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत (वार्डेन) रहँदा गैंडाको चोरी शिकार नियन्त्रणमा खेलेको भूमिकाका कारण चर्चामा रहेका ४८ वर्षीय कुँवरले अझै १० वर्ष सरकारी सेवामा रहने सुनिश्चित भए पनि चुनावी प्रतिस्पर्धामा होमिनकै लागि राजीनामा गरेर मैदानमा होमिएका छन् । कुँवर शिवपुरी प्रमुख संरक्षण अधिकृत हुँदा उनले ओशो तपोवनले धार्मिक वनका नाममा लिएको २२ रोपनी ६ आना जग्गा निकुञ्जलाई फिर्ता गराउने निर्णय गरेका थिए। दलालहरुले कब्जा गरेको जग्गा फिर्ता ल्याउन पहल गर्दा उनलाई रातारात सरुवा गरिएको थियो । उत्तरी काठमाडौंमा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १ सय ५९ किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको मध्यवर्ती क्षेत्रले १ सय १८ किलोमिटर जमिन ओगटेको छ । ओशो तपोवनले त्यहीको २२ रोपनी ६ आना जग्गा कब्जा जमाएको छ । सोही जग्गा निकुञ्जलाई फिर्ता गराउन पहल गर्दा उनको त्यहाँबाट रातारात सरुवा गरी बन मन्त्रालयमा तानिएको थियो । कुँवरकै सक्रियता ओशो तपोवनले धार्मिक वनका नाममा लिएको २२ रोपनी ६ आना जग्गा निकुञ्जलाई फिर्ता गराउने निर्णय गरे । यो निर्णय भएको भोलिपल्टै गत बर्षको कात्तिक ९ गते कुँवरको विभाग सरूवा गराइएको छ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here