को बन्लान अब संचार सचिव ?

Sharing is caring!

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ अनिवार्य अवकाश पाएका छन् । ३२ वर्ष चार महिना चार दिन निजामती सेवामा कार्यरत रहेका गुरुङ सचिवका रुपमा सञ्चार तथा सूचना प्रविधि सचिवका रुपमा १७ महिना व्यतित गरे । जागिरे अवधिभर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी बहन गरे । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममै मन्त्री गोकुल बाँस्कोटाले उनको प्रंशशा गर्दै भनेका छन् निजामती सेवाबाट अवकाश हुनुभएको हो, क्रियाकलापबाट होइन । उहाँको क्षमताको राज्यले कहीँ न कहीँ सम्बोधन गर्नेछ ।’
निजामती सेवाबाट अवकाश पाएका सचिवहरुलाई प्राय आयोगहरुमा जिम्मेवारी दिइने गरेको छ । अवकाशसँगै गुरुङलाई समावेशी आयोगको अध्यक्ष बनाइने सरकारको तयारी छ । यस्तै गृहसचिव प्रेमकुमार राईलाई अख्तियारको आयुक्त बनाउने, अर्थसचिव राजन खनाल बित्त आयोगमा लैजाने तयारी छ ।
यता सञ्चार रिक्त सचिवमा सहसचिवहरु बालकृष्ण घिमिरे, दिनेश भट्टराई र बाबुराम पौडेलमध्ये एकको चर्चा छ ।

Sharing is caring!

LEAVE A REPLY