विप्लवको कारबाहीमा परेका पूर्वइञ्चार्ज पक्राउ

Sharing is caring!

प्रतिबन्धित विप्लव समूहका धमाधम पक्राउ हुने क्रम जारी छ । सोहि क्रममा भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति नियन्त्रणमा लिएको छ ।

भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको अनलाइनखबरलाई जानकारी दिए ।

केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको छ । उनीबारे थप अनुसन्धानपछि कारबाही प्रक्रियाबारे टुंगो लाग्ने भक्तपुर प्रहरी प्रमुख प्रधानले बताए ।

पक्राउ परेका केसी विप्लव समूहका पूर्व केन्द्रीय सदस्य हुन् । उनलाई भक्तपुर र ललितपुर इञ्चार्जको जिम्मेवारीसमेत दिइएको थियो । तर, उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीले कारबाही गरेको थियो ।

Sharing is caring!

LEAVE A REPLY