नेपाली सेना विश्वमा अगाडी : भारतीय अभिनेता गोविन्दा

Sharing is caring!

बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। गोविन्दा कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन आएका हुन्।

अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा र भारतमै बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंंह पनि आएकी छिन्।
महोत्सव आयोजक चलचित्र निर्माता संघको विशेष निमन्त्रणामा आएका गोविन्दाले पुनः नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्ति गरे।

वीरगञ्ज पुगेका भारतीय अभिनेता गोविन्दाले नेपालीहरुको वीरता र पे्रमले आफू प्रभावित भएको बताएका छन् ।आफूले नेपाललाई धेरै माया गर्ने गरेको बताउँदै उनले नेपाली सेना विश्वमा अगाडि रहेको बताए ।

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’मा सहभागी हुन विहीबार वीरगञ्ज पुगेका गोविन्दाले नेपाली अभिनेत्रीहरुसँग नृत्य गर्दै नेपाली चलचित्र जगत पे्रमको माध्यमबाट आगाडि बढनुपर्ने धारणा राखे ।

आदर्श नगर रंगशालामा आयोजना भइरहेको महोत्सवमा सहभागी हुन पुगेका गोविन्दालाई हेर्न हजारौ दर्शकको भीड लागेको थियो ।

गोविन्दाले विश्वको जुनसुकै देशमा पनि भाषाको संरक्षण गर्न चलचित्र र त्यसमा समावेश गीतको योगदान सबैभन्दा ठूलो रहेको बताए ।

Sharing is caring!

LEAVE A REPLY