त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पूर्वमन्त्री रुपज्योती पक्राउ

Sharing is caring!

पूर्व अर्थराज्यमन्त्री तथा उद्यमी रुप ज्योती पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ४ को बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्लले पूरक जाहेरी दिएपछि प्रहरीले रूपज्योतिलाई पक्राउ गरेको हो । उनीमाथि २ करोड ७० लाख ठगी गरेको आरोप छ । शाही शासनका बेला अर्थराज्यमन्त्री पनि बनेका ज्योतिले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए। ज्योति ग्रुपका प्रमुख रुप ज्योति एक वर्षदेखि प्रहरीको फरार सूचीमा थिए। उनलाई ठगी मुद्दामा प्रहरीले खोजी गरिरहेको थियो। ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो।
भारतको नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका उनलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। नयाँदिल्लीबाट आइपुगेका उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर परिसरले हिरासतमा लिएको हो।
२०७५ मंसिर ७ गते ल्यान्डमार्क डेभलपर्स प्रालिले काठमाडौं बाँसबारीमा बनाएको हाउजिङ्का घरका नाममा २ करोड ७० लाख ठगी गरेको भन्दै मल्लले ज्योतिसहित कम्पनी संचालक र सेयर धनी लगायत १० जना विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।२०७५ मंसिर २० गते रूपज्योति लगायत १० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जीका विरुद्ध २०७५ मंसिर २३ गते रुपज्योतिले सर्वोच्च अदालतमा निषेधाज्ञा रिट दायर गरेका थिए ।सर्वोच्च अदालतले सोमवार रूपज्योतिले दायर गरेको निषेधाज्ञाको रिटलाई खाजेर गरिदिएको थियो । सर्वोच्चको फैसलासंगै रूपज्योतिलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो ।

Sharing is caring!

LEAVE A REPLY