समावेशी आयोगको अध्यक्षमा महेन्द्रमान गुरुङको चर्चा

Sharing is caring!

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ अनिवार्य अवकाश पाएका छन् । ३२ वर्ष चार महिना चार दिन निजामती सेवामा कार्यरत रहेका गुरुङ सचिवका रुपमा सञ्चार तथा सूचना प्रविधि सचिवका रुपमा १७ महिना व्यतित गरे । जागिरे अवधिभर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी बहन गरे ।
नेपालको निजामकती सेवाबाट अवकाश प्राप्त सचिवहरुलाई कसरकारले आयोगहरुमा जिम्मेवारी दिँइदै आएको छ । उनको अवकाश लगतै निजामती सेवामा नयाँ चर्चा र परिचर्चा शुरु भएको छ । अवकाश पछि गुरुङले अब कुन आयोग सम्हाल्लान् ? उसो त मन्त्रालयमा आयोजित विदाई कार्यक्रममै मन्त्री गोकुल बाँस्कोटाले उनको प्रंशशा गर्दै भनेका छन् निजामती सेवाबाट अवकाश हुनुभएको हो, क्रियाकलापबाट होइन । उहाँको क्षमताको राज्यले कहीँ न कहीँ सम्बोधन गर्नेछ ।’
हुन त यस अघि नै अजरबैजान जानुअघि नै झण्डै सयको संख्यामा विभिन्न संवैधानिक नियुक्ति शुरु हुन लागेकै थिए । प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिका कारण बैठक बस्न सकेन । जस्तो कि, गृहसचिव प्रेमकुमार राईलाई अख्तियारको आयुक्त बनाउने, अर्थसचिव राजन खनाल बित्त आयोगमा, सञ्चार सचिव महेन्द्रमान गुरुङ समावेशी आयोगमा नियुक्ति भइसक्ने स्थिति थियो । त्यहाँ पूर्व सचिव शान्तराज सुवेदीले राजीनामा दिएर हिडेपछि अध्यक्षसहितका तीन सदस्यको पद रिक्त छ । महेन्द्रमान गुरुङलाई सोही आयोगको अध्यक्ष बनाइने प्रवल सम्भवना रहेको बताइन्छ ।

Sharing is caring!

LEAVE A REPLY