निलम्बित श्रेष्ठको काठमाडौंमा दुई ठाँउमा घर/ घडेरी,बैंकमा करोडौंको बचत (विवरणसहित)

Sharing is caring!

एनसेल लाभांश प्रकरण, विवादस्पद व्यवसायी अजेयराज सुमार्गीको पैसा नेपाल भित्राउन सहयोग गरेको,सम्पति शुद्धिकरणमा सघाएको लगायतको चार्ज लगाइएको छ राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथि । यी सहितका उनीमाथि पदीय मर्यादाअनुकूल काम नगरेको, वित्तीय क्षेत्रमा अनुचित गतिविधि गरेको, सम्पत्ति शुद्धीकरण निवारणका प्रयासलाई अवमूल्यन गरेको, बैंक तथा वित्तीय संस्थाको नियमनमा बदनियत राखेको, बैंक तथा वित्तीय प्रणालीलाई प्रभावित पार्ने काम गरेको, वैदेशिक भ्रमणमा जाँदा कानुनबमोजिम पाउने सुविधाभन्दा बढी फर्जी कागजात पेस गरेर राष्ट्र बैंकलाई नोक्सानी पु¥याएको जस्तो गम्भीर आरोप उनीमाथि लागेको छ । यी दर्जन चार्जमा उनी निलम्बनमा परेका छन् ।

श्रेष्ठले बुझाएको सम्पत्ति विवरणमा काठमाडौंमा दुई स्थानमा अढाई तलाको घर भएको उल्लेख छ ।

तत्कालीन अर्थमन्त्री डा रामशरण महतको कार्यकालमा उनी डेपुटी गभर्नर बन्न सफल रहे त्यो पनि राष्ट्र बैंकका उनीभन्दा वरिष्ठहरूलाई पाखा लगाउँदै ।

श्रीमती मुना श्रेष्ठका नाममा टोखा नगरपालिकामा २५३ बर्ग मि घडेरी रहेको राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ

डेपुटी गभर्नरले पदीय मर्यादाविपरीत काम गरेपछि उनीमाथि छानबिन गर्न अर्थ मन्त्रालयले तत्परता देखाउँदै आएको थियो । अर्थले राष्ट्र बैंकलाई लिखित रूपमै श्रेष्ठमाथि छानबिन गर्न दबाब दिएपछि सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनमाथि छानबिन गर्न सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । एक महिनाको समयावधि दिइएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि उनले स्पष्टीकरणको मौका पाउने भए पनि सरकार भने आरोपित डेपुटी गभर्नर श्रेष्ठलाई पदमा राख्ने पक्षमा नरहेको बुझिएको छ । उनी २०७२ फागुन १९ मा नियुक्त भएका थिए । र गभर्नर बन्ने लाइनमा ।पदीय मर्यादालाई भुलेर श्रेष्ठले एनसेललाई लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको रिटमा सहयोग गरेको, रकम फुकुवा प्रकरणमा व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको र बैंक तथा वित्तीय संस्थाहरूलाई खराब कर्जा लुकाउने कार्यमा सघाउ पु¥याएकोजस्तो गम्भीर आरोप लागेको छ ।यी र यस्तै हर्कत गरी उनी करोडपति बनेको रहष्य खुलेको छ ।

उनले  राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरण अनुसार उत्र्तीसँग दुईवटा अढाई तलाको घर,विभिन्न बैंक तथा वित्त संस्थामा वुवा,आफ्ना छोरा,श्रीमती,नातेदारको नाममा विभिन्न बैंकमा करोडौंको शेयर रहेको भेटिएको छ । उनले नेपाल राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरण अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा ६५ हजार ८३५ कित्ता सेयर रहेको छ । ४० लाख बराबरको बचतपत्रमा समेत लगानी रहेको विवरणमा उल्लेख छ ।

पैत्रिक सम्पत्तिको रुपमा बालाजुमा एउटा घर रहेको उल्लेख गरिएको छ । यस्तै नगरपालिका १० मा १९२।६० बर्गमिटरमा बनेको अढाई तले घर,उनको श्रीमतीको नामममा टोखा नगरपालिकामा जग्गा रहेको विवरण उनले राष्ट्र बैंकलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।उनको परिवारसँग ६० तोला सुन तथा ६०० तोला चाँदीको गहना रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा २ करोड रुपैयाँ बचत रहेको विवरणमा देखिन्छ ।यो विवरण २०७२ फागुन १९ मा डेपुटी गभर्नर हुँदा बुझाइएको हो । यो बीचका ४ बर्षमा अझं कति सम्पत्ति थपियो । त्यो अर्काे खोजबिनकै बिषय हो ।
नियुक्त भएका थिए ।

Sharing is caring!

LEAVE A REPLY