चोरहरूले घरबाट चोरे ६० लाख भारु र लेखे– भाउजू गजबकी

Sharing is caring!

भारतको पटनामा एक व्यक्तिले घर बन्द गरेर गाउँ गएका थिय । यही मौकामा उनको घरमा चोरी भयो । पटनाको हनुमान नगरमा चोरहरूले व्यापारीको ६० लाख भारु र अन्य गहना अनि घरका महंगा सामानहरू लगिदिए । उनीहरूले टूथपेस्ट समेत छाडेनन् ।
चोरेपछि उनीहरूले लिपस्टिक लिएर ड्रेसिङ टेबलको शीशामा लेखे, ‘भाउजु, तपाईं गजबकी हुनुहुन्छ । भगवानको दयाले तपाईं धेरै उन्नति गर्नुस् ।’

पीडित परिवार प्रहरी थाना पुगेर लुटपाटको उजुरी दर्ता गर्न चाहेको भए पनि प्रहरीले चोरीको एफआईआर लेख्यो । बूढा आमाबुवालाई भेट्न टठमा गाउँ गएको र चोरहरू राति दुई वा तीन बजेतिर चोरी गरेको पीडितले बताए । प्रहरी घटना स्थलमा पुगी सकेको र छानविन प्रकृया अगाडी बढाएको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।- एजेन्सी

Sharing is caring!

LEAVE A REPLY