कर अधिकृतलाई कार्यालयभित्रै जिउँदै जलाइयो (भिडियो)

Sharing is caring!

सोमबार भारतको तेलंगना राज्यमा कर अधिकृत विजया रेड्डीलाई कार्यालय भित्रै जलाएर हत्या गरीएको छ । आगोले जलेपछि उनी कोठाबाट बाहिर आएको र बचाउका लागि गुहारेको भिडियो समेत बाहिरिएको छ ।हेर्दा हेर्दै जलेर उनको घटनास्थलमै मृत्यु भयो ।
महिलालाई बचाउन पुगेकाहरु समेत अलमलमा थिए । बचाउन पुगेका केही व्यक्ति घाइते भए । उनलाई बचाउन पुगेका एकजना कर्मचारीको समेत उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।

उनी ढोका खोलेर निस्कन सफल भएपछि आगो फैलिइसकेको थियो । उनलाई बचाउने प्रयास असफल भयो ।आगो लगाइनु अघि रेड्डी एकजना व्यक्तिसँग भेटिरहेकी थिइन् । के सुरेश नामका ती व्यक्तिले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । सुरेश पनि घाइते छन् । रेड्डी र सुरेशको परिवारबीच सम्पत्तिको विषयमा अदालतमा मुद्दा चलिरहेको थियो । सोही दिन पनि रेड्डी अदालतमा यसै विषयबारेको सुनुवाईबाट फर्किएकी प्रहरी बताउछन् । एजेन्सी

Sharing is caring!

LEAVE A REPLY